आज सोनाम ल्होछार

२०७२ माघ २६ गते, मंगलवार

काठमाडौं, २६ माघ । आज सोनाम ल्होछार , तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । हरेक वर्षको माघ शुक्ल प्रतिपदामा मनाइने यस पर्वलाई बौद्ध धर्मावलम्बीले नयाँ वर्षका रुपमा लिने गर्छन् । ल्होछार पर्वका अवसरमा काठमाडौंको टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । यो पर्व नेपाल लगायत चीन, मकाउ, सिंगापुर, मंगोलिया, भारत, थाइल्याण्ड, भुटान, जापान लगायतका देशमा पनि मनाउने गरिन्छ । सोनाम ल्होछार र चिनियाँ नयाँ वर्ष एकै दिन मनाइन्छ । सोनाम ल्होछारको अवसरमा सरकारलेसार्वजनिक विदा दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार