आज सरस्वती पूजा

२०७४ माघ ८ गते, सोमबार


काठमाडौं, ८ माघ । आज माघ शुक्ल पञ्चमी अर्थात सरस्वती पूजा , श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले काठमाडौंको वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ । आज राष्ट्रपति विद्या भण्डारीबाट बसन्तपुरमा बसन्त श्रवण गर्ने कार्यक्रम छ ।
यस दिन वसन्तराग पनि गाइन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने जनविश्वास रहेको छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।
काठमाडौंको स्वयम्भूदेखि देशैभरका सरस्वती मन्दिरहरुमा आज विद्यार्थी र दर्शनार्थीको भीड लाग्ने गर्दछ । बौद्ध धर्मावलम्बीले भने सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजा गर्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार