आज विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस

२०७६ असार २ गते, सोमबार

काठमाडौं, २ असार । ‘भविष्यका लागि सँगै अघि बढौँ’ भन्ने नाराका साथ नेपालमा पनि आज विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य पुरा गर्नका लागि पनि यो दिवस महत्वपूर्ण मानिएको छ ।
यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दा, भू–संंरक्षणलगायत विभिन्न विषयमा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने त्यसको असर प्राकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ । खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् ।

प्रतिक्रियाहरु