आज विश्व चर्पी दिवस

२०७१ मंसिर ३ गते, बुधबार


काठमाडौं, ३ मंसिर । आज विश्व चर्पी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी बुधबार मनाईदैछ । विभिन्न संघसंस्थाले काठमाडौंको भृकुटीमण्डपबाट बसन्तपुरसम्म प्रभातफेरी तथा र्याली निकालिने कार्यक्रम छ भने रत्नपार्कको सार्वजनिक शौचालय सरसफाई गर्ने कार्यक्रम समेत छ ।
यसबर्षको नारा समानता र सम्मान भन्ने तय गरिएको छ । सरसफाइको अभावमा नेपालमा वर्षेनी ५ बर्ष मुनिका १० हजार पाँचसय बालबालिकाको ज्यान गाने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिका अनुसार अझै ३० प्रतिशत नेपालीको घरमा चर्पीको सुविधा छैन । सन् २०१७ भित्र सबै नेपालीको घरमा सरसफाई सुविधा पुर्याउने सरकारको लक्ष्य छ ।
यसैबीच नेपाल सहित विश्वका विभिन्न देशका संघसंस्थाले स्वास्थ्य र सरसफाईलाई प्राथमिकतामा राख्न माग गर्दै संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनलाई पत्र बुझाउने तयारी गरेको छ । दक्षिण एसियाली मुलुकबाट नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफ्रिकाबाट माली, मवावी, नाइजेरिया, घाना, इथियोपिया तथा युरोपियन मुलुकबाट बेलायत, अमेरिका, नेदरल्याण्ड र अष्ट्रेलिया लगायतका मुलुकले पत्र बुझाउनेछन् ।

प्रतिक्रियाहरु