आज मेघ गर्जनसहित हल्का वर्षाको संभावना

२०७६ बैशाख ६ गते, शुक्रबार

काठमाडौं , ६ वैशाख । जल तथा मौसम विज्ञान विभागले देशको पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने भने अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जनाएको छ । विभागका अनुसार पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हपछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । त्यसैगरी रातिको समयमा देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भु–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

प्रतिक्रियाहरु