आज मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

२०७६ फाल्गुन २७ गते, मंगलवार

काठमाडाैँ, २७ फागुन । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय नभएपनि आज सााँझबाट पश्चिमी वायूले नेपालमा प्रभाव पार्ने जानकारी दिएको छ । हाल देशको केहि पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडि भु–भागमा आंशिक बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। पूर्वि तथा मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज राती देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु