आजदेखि मौसममा क्रमिक सुधार हुने

२०७६ पुष २५ गते, शुक्रबार

काठमाडौं , २५ पुष । मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने जनाएको छ । महाशाखाले आज एक बुलेटि प्रकाशित गरि शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ । कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु