आगलागीवाट हजारौ जनता प्रभावित

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौं, २२ वैशाख । क्यानाडाको जंगलमा भिषण आगलागी हुँदा दर्जनौं घर जलेर नष्ट भएका छन् । क्यानाडाको म्याकमुरे क्षेत्रमा रहेको जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि ६० हजारभन्दा बढी जनता प्रभावित बनेका छन् । आगलागी नियन्त्रणका लागि सयौं उद्धारकर्मी परिचालन गरिएको छ भने हेलिकोप्टरको पनि सहयोग लिइएको छ । आगलागी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु