आइएसलाई सिध्याउने खेलमा अमेरिका र टर्की

२०७२ भाद्र ९ गते, बुधबार

काठमाडौं, ९ भदौ । चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)विरुद्धको हवाई हमला गर्ने विषयमा अमेरिका र टर्कीबीच सम्झौता भएको छ । सम्झौतापछि आइएसविरुद्ध हवाई हमला गरिरहेको अमेरिकी अभियानमा अब टर्की पनि सामेल हुने छ ।
यसअघि टर्कीले आइएसविरुद्ध केही हवाई हमला गरेको थियो । तर सम्झौतापछि अब आइएसविरुद्ध अमेरिकासँग मिलेर हवाई हमला गर्न टर्की पूरै सामेल हुने भएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता पिटर कुकले यो सम्झौतालाई व्यवहारिक रुप दिन अझै केही दिन लाग्ने जनाएका छन् । उनले टर्कीको सहयोग विस्तारका विषयमा कुराकानी भइरहेको बताएका छन् ।
सन् २०१३ मा इराक र सिरियामा आईएसको प्रभाव बढेपछि केही महिना पहिले टर्कीले आइएसविरुद्ध हवाई हमला गरेको थियो । (एजेन्सी)

प्रतिक्रियाहरु