आइएसद्वारा ३० जना इसाईहरुको सामूहिक हत्या

२०७२ बैशाख ७ गते, सोमबार

काठमाडौं, ७ बैशाख । इस्लामिक अतिवादी समूह आइएसले फेरि ३० जनाको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । आइतवार जारी गरेको २९ मिनेटको उक्त भिडियोमा आईएस लडाकूले लिबियामा पक्राउ गरेका इथियोपियाई इसाइलाई मार्दै गरेको देखिन्छ । आईएस कब्जामा दुई समूहमा रहेकाहरु इथियोपियाली चर्चका सदस्य भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । १२ जनालाई समुन्द्र किनारको कुनै अज्ञात स्थलमा हत्या गरेको देखाइएको छ भने १६ जनालाई रेगिस्तान क्षेत्रमा गोली हानेर मारिएको हो । एक लडाकूले इसाइहरुलाई धर्म फेरेर इस्लाम बन्न धम्की दिएको भिडियोमा सुनिन्छ । यसअघि फेब्रुअरीमा मात्रै आईएसले इथियोपियाकै २१ जना इसाइलाई मार्ने भिडियो सन्देश जारी गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु