आँधीमा परी २० जनाको मृत्यु

२०७२ भाद्र १२ गते, शनिबार

काठमाडौं, भदौ १२ । क्यारिबियन राष्ट्र डोमेनिकनमा एरिका नामक आँधीमा परी २० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं व्यक्ति हराइरहेका छन् । आँधीका कारण बाढी र पहिरोमा परी यत्रो हताहती भएको त्यहाँका प्रधानमन्त्रीले जानकारी दिएका छन् । सयौं घर, पुल र सडकलगायतका संरचना ध्वस्त भएको बताइएको छ । हैटी र डोमेनिकन रिपब्लिक आँधीबाट बढी प्रभावमा पर्ने आशंका गरिँदै छ । उता अमेरिकाको फ्लोरिडामा आँधीले पार्नसक्ने असरलाई ख्याल गर्दै आपतकाल घोषणा गरिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु