अवैधानिक बाटो हुँदै युएईमा पुगेर अलपत्र नौ महिला फर्काइए

२०७४ फाल्गुन २ गते, बुधबार

काठमाडौं, २ फागुन । अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नेपाली महिलाहरुलाई एनआरएनए युएईको पहलमा उद्धार भएको छ । एनआरएनएले नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बु र रीता सुनारलाई उद्धार गरी नेपाल पठाएको एनआरएनए युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए । उनका अनुसार दलाललाई फिर्ती टिकट कटाउन लगाएर उनीहरुलाई नेपाल पठाइएको हो । – नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु