अवको तीन दिन आंशिकदेखि सामान्य बदली हुने

२०७६ बैशाख ८ गते, आईतवार

काठमाडौं, ८ बैशाख । मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आज बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ ।
बैशाख ०८ गते (आईतबार) :
दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।
रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।
बैशाख ०९ गते (सोमबार) :
दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भू–भागका केहि स्थानहरुमा तथा पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।
रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।
बैशाख १० गते (मंगलबार) :
दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि स्थानहरुमा तथा पश्चिमी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।
रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रियाहरु