अमेरिकी भिषा आवेदन अनलाईनबाटै गर्न पाइने

२०७१ भाद्र ३१ गते, मंगलवार


काठमाडौं । अब अनलाईबाट नै अमेरिकी भिषा आवेदन गर्न पाइने व्यवस्था गरिने भएको छ ।विभिन्न मुलुकमा रहेका अमेरिकी दुतावास तथा कन्सुलेटहरुले भिषाका लागि अनलाईनको व्यवस्था गर्ने तयारी गरेको हो ।विभिन्न १ सय २० भन्दा बढि देशहरुमा भिषा प्रक्रियाका लागि आवेदन तथा भुक्तानी र अन्र्तवार्ताका लागि समय लिन सो व्यवस्था गरिन लागिएको हो ।
अमेरिकी दुतावासले भिसा प्रक्रिया सम्बन्धि प्रश्नको जवाफ दिनका लागि विहान ८ देखि राति ८ बजेसम्म निशुल्क कल सेन्टरको समेत व्यबस्था गरिएको दुतावासले जनाएको छ ।पर्यटक, विजनेश, विद्यार्थी र अन्य गैर आप्रवासी भिषाका लागि यस्तो व्यवस्था गरिनेछ । यस्तो व्यवस्था अमेरिकी डिभि परेकाको हकमा भने लागु हुनेछैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु