अपराध बढेको अन्तर्वार्ता दिँदादिँदै लुटिएपछि….

२०७१ बैशाख ५ गते, शुक्रबार


काठमाडौ। जब एक ब्राजिलियन महिलाले बढ्दो अपराधको बारेमा एउटा लाइभ टेलिभिजन कार्यक्रममा आफ्ना केहि शब्दहरु बोलिरहेकी थिइन् तब उनले पक्कै पनि त्यसको लाइभ डेमो चाहेकी थिइनन् । तर, उनले नचाहँदा नचाहँदै पनि यस्तै घटना हुनपुुग्यो । एक महिलाले लाइभ टेलिभिजनमा असक्षम पुुलिस फोर्सको बारेमा उजुरी गरिरहेको बेला एउटा चोर दौडेर आएर उनले लगाएको सुुनको सिक्री खोसेर भाग्यो । त्यसको पूरा दृश्य क्यामरामा कैद गरिएको छ ।
उक्त घटना रियो दे जेनेइरोको व्यस्त सडकामा भएको थियो । दिइएको भिडियो क्लिपका अनुसार ती महिला आरजेटिभीमा अन्तर्वाता दिइरहेको हुन्छिन् । अन्तर्वाता सुरु भु्एको केहि सेकेन्डमा नै एक युवक दौडेर आएर उनले लगाइराखेको सिक्रि खोसेर भाग्छ । ती महिला डरले कराउँछिन् । रिपोर्टरको प्रतिक्रिया पनि तात्कालिक हुन्छ – उनी पनि कराउँछन्, ती महिलालाई किनारा लगाउँछन् र चोरलाई समात्न त्यसको पछिपछि दौडिन्छन् ।
भाग्यवश, उक्त चोरले त्यो सिक्रीलाई राम्रोसँग नसमातेका कारण आफ्नो साथमा लिएर जान पाएनन् । सिक्रि ती महिलाको साथमा नै भएको देखाइएको छ । घटनापछि महिलाले आफ्नो सिक्रि देखाउँदै हाँस्छिन् र घटना अन्त्यमा निकै हाँस्यास्पद भएको बताउँछिन् । हामी पनि सोचौँ, के ती चोरलाई उक्त महिलाले बोलिरहेको विषयमा थाहा होला ? क्यामरा चलिरहेको बेलामा कसैलाई लुट्नु कि त चोर निकै साहसी हुनुपर्छ अथवा निकै मूर्ख । एजेन्सी

प्रतिक्रियाहरु