अनावश्यक इमेलबाट छुटकारा चाहिए…

२०७२ कार्तिक २१ गते, शनिबार

काठमाडौँ । तपाईको जिमेलमा नचाहिने इमेल आएर हैरान हुनुभएको छ ? छ भने यसबाट छुट्कारा पाउने सजिलो उपाय छ । यसका लागि आपूmलाई नचाहिने इमेललाई अनसब्सक्राइब गर्न सकिन्छ । जिमेल ब्लगमा दिइएको जानकारीअनुसार पटक–पटकभन्दा पनि नचाहिने इमेल पठाइरहने व्यक्ति वा संस्थाका त्यस्ता इमेलबाट छुटकारा पाउन यो सेवा प्रयोग गर्न सकिनेछ । मोबाइलमा जिमेलले यो सेवा केही हप्ता अघिदेखि मात्रै सुरु गरेको छ । यो सेवा लिनका लागि सबैभन्दा पहिले मोबाइलको जिमेल एपमा गएर स्क्रिनको दाहिनेतर्फ माथि देखिने तीनवटा विन्दुलाई क्लिक गर्नुपर्छ । त्यसपछि ब्लक सेन्डर अप्सनलाई छनौट गरेर त्यसमा ब्लक गर्न चाहेको व्यक्ति वा संस्थाको नाम लेख्नुपर्छ । त्यसपछि त्यो व्यक्ति वा संस्थाको इमेल तपाईको इनबक्समा आउँदैन । यदी एन्ड्रोइडको पुरानो संस्करण प्रयोग गर्नुहुन्छ भने स्प्याम गर्न चाहेको इमेलको ठेगानाको बारेमा जानकारी दिनुपर्छ । त्यसपछि तपाईंको एकाउन्टमा नचाहिने इमेल आउँदैन । यस्तै केही अनलाइन स्टोर तथा वेबसाइटबाट आइरने न्युजलेटरबाट तपाईको इनबक्स भरिएको छ र त्यसबाट छुट्कारा पाउन चाहनु हुन्छ भने अनसब्सक्राइब गर्नु पर्छ । त्यसका लागि मोबाइलको स्क्रिनको माथि दाहिनेतर्फ देखिने तीनवटा विन्दुलाई क्लिक गर्नुपर्छ । त्यसपछि देखिने अनसब्सक्राइब अप्सनमा क्लिक गरेपछि नचाहिने न्युजलेटर आउन बन्द हुन्छ । यसरी अनसब्सक्राइब गरेपछि आउने इमेलहरु स्प्याम बक्समा गएर बस्छन् । यदि तपाई ती इमेललाई हेर्न चाहनु हुन्छ भने स्प्याम बक्समा गएर अनब्लक पनि गर्न सक्नुहुन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु