सुबिसुलाई प्रदेश २ मा FTTH नेटवर्कको पुर्वाधार विकाश गर्न स्विकृती

२०७४ पुष १३ गते, बिहीबार

काठमाडौँ , १३ पुस । नेपाल दुर संचार प्राधिकरणले नेपाल अधिराज्यभरका घरघरमा Broad Band को पुर्वाधार बिकास गर्नका लागि देशमा संचालित Telecom Operators तथा Internet Service Provider कम्पनीहरुसँग सहकार्य गरेको छ । यसै सन्दर्भमा सुबिसु केबलनेट प्रा.लि. एक प्रेस विज्ञप्ति जारी गर्दै आफुलाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा FTTH नेटवर्कको पुर्वाधार विकाश गर्नको लागि नेपाल दुरसंचार प्राधिकरणले स्विकृती प्रदान गरेको जनाएको छ । साथै सुबिसु केबलनेट प्रा.लि.ले पनि आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि Nokia सँग गुणस्तरीय Product को लागि हातेमालो गरेको बताएको छ । ‘आजको दिनमा FTTH Emerging Broadband Technology हो र सुबिसु केबलनेट प्रा.लि.ले ग्राहकहरुलाई उच्चस्तरीय Support Service सँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेकोे छ ‘ सुबिसुद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस बिषयमा सुबिसु केबलनेट प्रा.लि.द्वारा जारी गरिएको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “नेपाल अधिराज्यभरका घरघरमा Broad Band को पुर्वाधार बिकास गर्नका लागि नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले (NTA) देशमा संचालित Telecom Operators तथा Internet Service Provider कम्पनीहरुसँग सहकार्य गरेको छ ।
यसै सन्दर्भमा सुबिसु केबलनेट प्रा.लि.लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा FTTH नेटवर्कको पुर्वाधार विकाश गर्नको लागि नेपाल दुरसंचार प्राधिकरणले स्विकृती प्रदान गरेको छ ।
आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसु केबलनेट प्रा.लि.ले Nokia सँग गुणस्तरीय Product को लागि हातेमालो गरेको छ ।
आजको दिनमा FTTH Emerging Broadband Technology हो र सुबिसु केबलनेट प्रा.लि.ले ग्राहकहरुलाई उच्चस्तरीय Support Service सँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेकोे छ ।
सुबिसु केबलनेट प्रा.लि.नेपालको एउटा अग्रणी इन्टरनेट÷डिजिटल टेलिकम सेवा प्रदान गर्ने प्रदायक भएको हुँदा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि देशभरी नै Optical Fiber Network विस्तार गरीरहेको छ । भैगोलिक बनावट, राजनैतिक अस्थिरता, विज्ञहरुको कमी र नयाँ प्रविधिको लागि चाहिने पुँजीको अभावले नै नेपालमा स्थिर तथा समक्ष नेटवर्कको सेवा प्रदान गर्न ठुलो चुनौती देखिन्छ ।
नोकिया ले संसार भरी संचार सेवालाइ आवद्ध गरेको छ । यसले नयाँ प्रविधिहरुको अनुसन्धान तथा खोजि गरी सरकारी निकाए, ठुलो व्यापारीक प्रतिष्ठान र ग्राहकहरुलाई उच्च गुणस्तरको विभिन्न प्रकारको उपकरणहरु तथा सेवाहरु प्रदान गरिआएको छ । 5G र Internet of Things (IOT) को प्रविधिको विकास गर्दे Digital Health, Virtual Reality समेतमा केन्द्रित भै मानवलाई चाहिने प्रविधि विश्वव्यापी रुपमा विकाश गरिरहेको छ ।
Neoteric Nepal नेपालको एउटा अग्रणी ICT कम्पनी हो जसले नेपालमा थुप्रै ICT क्षेत्रका नयाँ नयाँ प्रविधि भित्राएको छ । विगत १५ वर्ष देखि आफ्नो विकाश गरी Neoteric कम्पनी नेपाल सरकारको e- governance project तथा टेलिकम प्रोजेक्टहरुमा संलग्न छ । नेपालमा Neoteric Company बिश्व प्रसिद्ध कम्पनी Dell, HP, Nokia को प्रतिनिधित्व गर्दछ । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु