भारतमा भारी वर्षा, सडक तलाउमा परिणत

काठमाडौं, १७ असार । भारतको मुम्बईमा भारी वर्षा भएको छ । बर्षाका कारण जनजीवन कष्टकर बनेको छ । शहरका विभिन्न भागमा पानी जमेका कारण मेट्रो र रेल–वे सेवासमेत अवरुद्ध बनेको छ । ट्राफिक व्यवस्था अस्तव्यस्त बनेका कारण क्याम्पस तथा विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका छन् । पानीका कारण कयौं सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । प्रतिघण्टा २० मिलिमिटरका दरले आएको पानी घर–घरमा पसेकाले अधिकांश मानिसका सरसामान नष्ट भएका छन् । तीन दिनदेखि लगातारको वर्षाका कारण जमेको पानी पन्छाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सम्भव नभएको उद्धारकर्मीहरुले जनाएका छन् ।
मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थलको मूख्य धावनमार्गसमेत बन्द भएको छ । विमानस्थलको वैकल्पिक धावनमार्गबाट विमान उडान र अवतरण भइरहे पनि कयौं उडान प्रभावित भएको बताइएको छ । वर्षा प्रभावितहरुलाई सुरक्षित रहने अपील गरिएको छ । मुम्बईमा हरेक बर्ष भारी वर्षाका कारण जनधनको क्षति हुने गरेको छ । -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>