प्रबुद्ध समूहको बैठक शुरु

२०७४ चैत्र २९ गते, बिहीबार

काठमाडौं, २९ चैत । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को आठौं बैठक आजदेखि शुरु हुँदैछ । भारतको राजधानी नयाँदिल्लीमा बस्ने बैठकमा दुवै देशका सरकारलाई बुझाउने प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल हुनेछ ।
यसअघि नेपालमा बसेको समूहको सातौं बैठकमा पनि प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल भएको थियो । बैठकमा दुई देशको सम्बन्धलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन आवश्यक बुँदासहितको प्रतिवेदनको खेस्रा आदानप्रदान भएको थियो । दुई दिनसम्म बस्ने आठौं बैठकमा त्यसमाथि दुवै देशका प्रतिनिधिले थप छलफल गर्ने र संशोधन राख्ने तयारी भइरहेको छ ।
सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत नेपाल र भारतबीच भएका अरु सन्धि–सम्झौताको पुनरावलोकन र तिनीहरुको संशोधनका विषयमा दुवै देशका सरकारलाई सुझाव दिने समूहले तयारी गरिरहेको छ । समूहले आगामी जुलाई २० तारिखसम्ममा आ–आफ्ना सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ ।

प्रतिक्रियाहरु