प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला !

काठमाडौ, ५ असार । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले चितवनको राप्ती नपा १० पहरीको राष्ट्रिय आधारभूत प्राविका प्रधानाध्यापक पन्तबहादुर विकले सोही विद्यालयमा पढाउने एक शिक्षिकासँग अनैतिक सम्बन्ध राख्दै आएको पुष्टि भएपछि कालोमोसो र जुत्ताको माला लगाई जनकारबाही गरेको छ । स्थानीय राजनीतिक दलहरुले विकलाई पटकपटक गलत काम नगर्न आग्रह गर्दा पनि नमानेको, उल्टै मेरो पार्टीको दुई तिहाइको सरकार छ, तिमीहरु के गर्न सक्छौ भन्दै धम्कीदिने गरेको समाचारमा जनाइएको छ ।
प्रअ विककी श्रीमती सुनिता विक आफूलाई श्रीमान्ले निरन्तर मानसिक तथा शारीरिक यातना दिएको भनी प्रहरीमा उजुरी गर्नसमेत गएकी थिइन् । तर सत्ताधारी पार्टीको वडा अध्यक्ष अमर तामाङको आदेशमा प्रहरीले उजुरी पनि दर्ता नगरेको र पीडकमाथि कुनै कारबाही नगरी पक्राउ गरेको दस मिनेटमै मुक्त गरेको प्राप्त समाचारमा जनाइएको छ ।
प्रहरीले वडाध्यक्षको आदेश मानी आफूले दिएको उजुरीसमेत दर्ता नगरेको सुनिताले बताइन् । वडाध्यक्ष तामाङको आडमा प्रअ विकले गाउँ समाजमा मनपरी गर्दै आएको उजुरी जनसरकारमा परेको थियो । गाउँसमाज भेला बस्दा विकले अब आइन्दा श्रीमतीलाई दुःख पनि दिन्नँ र परस्त्रीसँग अवैध यौनसम्बन्ध पनि राख्दिनँ भनी कबुल गरी कागजसमेत गरेका थिए । तर गाउँसमाजको निर्णय पनि पटकपटक उल्लङ्घन गरेकाले जुत्ताको माला र कालोमोसो लगाई विकलाई गाउँ घुमाइएको जनपरिषद्ले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>