ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामा

२०७४ फाल्गुन २३ गते, बुधबार

काठमाडौं, २३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार गैरी क्युनले पदबाट राजीनामा दिएका छन् । उनले देशको सम्मानका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । गैरी क्युन राष्ट्रपति ट्रम्पका निकै विश्वासपात्र मानिन्छन् । उनले ट्रम्पको नीतिप्रति असन्तुष्ट रहेकै कारण राजीनाम दिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
पछिल्लो समय खुला ब्यापार र आल्मुनियम तथा स्टील आयातमा लाग्ने कर बढाउने ट्रम्पको नीतिप्रति उनी असन्तुष्ट रहँदै आएका थिए । राजीनामा दिएपछि क्युनले रष्ट्रपति ट्रम्पले आफूलाई आर्थिक सल्लाहकारमा नियुक्त गरी देशको सेवा गर्ने मौका दिएकोमा धन्यवाद दिएका छन् । यसअघी ट्रम्प प्रशासनका तीन उच्च अधिकृतले राजीनामा दिइसकेका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु