आईएसका खतरनाक हत्यारा पक्राउ

काठमाडौं, २६ माघ । इस्लामिक स्टेट (आईएस) मा आवद्ध रहेर मानिसहरुको शीरच्छेदनमा संलग्न रहेका दुई ब्रिटेनी सदस्यलाई नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरुले दावी गरेका छन् । तर ब्रिटेनको विदेश विभागले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन । ती दुई जनालाई सिरियाका कुर्दिश लडाकूले पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा एलेक्जेन्ड्र कोटे र अल शफी अल शेख रहेको बताइएको छ । उनीहरुको ग्याङ्गमा चार सदस्य रहेको बताइन्छ । लण्डन निवासी उनीहरुले आफ्नो ग्याङ्गको नाम ‘बीटल्स’ राखेका थिए ।
यिनीहरुले नै पश्चिमा देशका २७ भन्दा बढी बन्धकको शीर काटेर हत्या गर्नुका साथै चरम यातना दिएका थिए । यस समूहको मास्टरमाण्ड भने मोहम्मद एम्वाजी रहेको र उनलाई ‘जिहादी जोन’ नामले पनि चिनिने जनाइएको छ । जिहादी जोन भने सिरियामा सन् २०१५ मा भएको हमलामा मारिएका थिए । यस समूहका अन्य एक संदिग्ध आइन डेविसलाई गत वर्ष टर्कीमा पक्राउ गरी जेलमा राखिएको छ । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>