अमेरिकाले धोका दिन सक्छ – इरान

काठमाडौं, ३० जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको सम्झौताबारे विश्वभरबाट प्रतिक्रिया आउने क्रम जारी छ । दक्षिण कोरियाले दुई देशबीच भएको सम्झौता र शिखर वार्ता शान्ति र एकआपसका सहयोगको लागि नयाँ अध्याय भएको प्रतिक्रिया दिएको छ ।
यद्यपी अमेरिका र आफ्नो देशको संयुक्त सैन्य अभ्यास समाप्त पार्ने अमेरिकी निर्णयप्रति भने आपत्ति जनाएको छ । उता चीनले भने दुई देशबीचको सम्झौताले उत्तर कोरियालाई राहत भएको बताएको छ । यो सम्झौताले उत्तर कोरियामाथिको प्रतिबन्ध हट्ने भएकाले उत्तर कोरियालाई राहत हुने प्रतिक्रिया चीनको छ ।
उता इरानले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता खारेज गरेकाले ट्रम्पको विश्वास गर्न नहुने प्रतिक्रिया दिएको छ । साथै इरानले उत्तर कोरियाले अमेरिकाबाट धोका पाउने निश्चित भएकाले यसप्रति सचेत रहन सुझाव दिएको छ । रुसले पनि इरानको प्रतिक्रियाको समर्थन गरको छ भने चीनले दुई देशबीचको सम्झौता ऐतिहासिक भएको भन्दै समर्थन गरेको छ ।-एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>