‘अकुपाइ टुँडिखेल’ अभियान सुरु

२०७६ कार्तिक २३ गते, शनिबार

काठमाडाैँ, २३ कात्तिक । आजबाट ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ । टुँडिखेल कब्जाको विरोधमा सो अभियान सुरु गरिएको हो । आज बिहान ८ बजेदेखि करिब एक घण्टासम्म रत्नपार्क देखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानवसाङ्लो बनाएर टुँडिखेललगायतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा अभियान सुरुवात गरिँदैछ।
‘अकुपाइ टुँडिखेल’मार्फत् सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने अभियान थालनी गरेको अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयाे । ‘अकुपाइ टुँडिखेल’मा विभिन्न क्षेत्रका व्यक्तिदेखि जनप्रतिनिधिसम्मकाे समर्थन रहेको छ । आज पहिलो चरणको समापनपछि तीन महिनासम्म प्रत्येक शनिवार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामुलक कार्यक्रम संचालन गरिने बताइएको छ ।
अभियानमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, काठमाडौंका संघीय र प्रदेश सांसद, जनप्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ लगायतले सामाजिक संजालबाट मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने कार्यक्रममा सहभागी हुने बताएका छन्। टुँडिखेल विगतमा एसियाकै सबैभन्दा ठूलो परेडस्थल, भूमिगत जलको पुनर्भरणको स्रोत, सांस्कृतिक र धार्मिक महत्व बोकेको र दैवीप्रकोपका बेला आश्रय लिने ठाउँ रहेको छ । यहाँ अहिले अस्थायी बसपार्क भन्दै स्थायी बसपार्क बनाउनु, अनधिकृत रुपमा पसल सञ्चालन, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ, विभिन्न बहानामा ढलान गर्ने क्रम बढ्नु, खुला ठाउँमा जनताको पहुँच नहुनु जस्ता समस्या छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार