एम्बुसमा पारी सात प्रहरी अधिकृतको हत्या

२०७१ आश्विन १ गते, बुधबार

एम्बुसमा पारी सात प्रहरी अधिकृतको हत्या
काठमाडौँ । कोलम्बियामा एम्बुसमा पारी सातजना प्रहरी अधिकृतको हत्या गरिएको छ। कोलम्बियाको फार्स विद्रोही समूहले सो हत्या गरेको हो।प्राप्त समाचारअनुसार ती प्रहरी अधिकारीहरु सवारीका क्रममा खटिएका र उनीहरुले स्कटिङ् गरिरहेका थिए ।सोही स्कटिङ्कै क्रममा ती प्रहरीलाई एम्बुस थापी तारो बनाइएको थियो। उक्त हत्याकाण्डको भत्र्सना गरिएको छ।
कोलम्बियाका राष्ट्रपति जुयान म्यानुयल सान्तोसले सो हत्याको निन्दा गरेका छन् । उनले भने– यो हत्या जसले गरेको भएपनि त्यो निन्दनीय र कायरतापूर्ण छ । फार्स त्यहाँको कम्युनिष्ट पार्टीको एक सशस्त्र विद्रोही संगठन हो । उसले विगत करिब ५० वर्षदेखि नै त्यहाँ हत्या हिंसा मच्चाउँदै आएको छ ।
कोलम्बियाको उत्तरपश्चिमी क्षेत्र उर्बामा सो हत्याकाण्ड भएको हो। उक्त क्षेत्र विगत लामो समयदेखि नै फार्स विद्रोहीहरुको आश्रयस्थलका रुपमा रही आएको छ । – रासस/एएफपी

प्रतिक्रियाहरु