अमेरिकाद्वारा रुसमाथि नयाँ प्रतिबन्ध

२०७१ भाद्र २८ गते, शनिबार


काठमाडौं, २८ भदौ । अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाएको छ । युक्रेनका पृथकतावादीहरुलाई सघाएको भन्दै अमेरिकाले रुसका ठूला बैंक, रक्षा र उर्जा कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाएको हो ।रुसमाथि आर्थिक नाकाबन्दीलाई अझ कडा बनाउने युरोपेली संघको निर्णयलगत्तै अमेरिकाले यस्तो निर्णय लिएको हो । अमेरिकाको यस निर्णयबाट रुसको सबैभन्दा ठूलो बैंक सबर बैंक, रक्षा र व्यवस्थापकीय क्षेत्रमा असर पर्ने बताइएको छ ।युक्रेन र रुस समर्थित पृथकतावादीबीच युद्ध रोक्न सहमति भएपनि अमेरिकाले थप नाकाबन्दी लगाएको हो । हतियारले सुसज्जित करिब एक हजार सैनिक युक्रेनभित्रै तथा करिब २० हजार सैनिक सीमामा रहेको ‘नेटो’को आरोप छ । – एजेन्सी

प्रतिक्रियाहरु