समाज

पाँच हजार लिएर बाह्र वर्षीया छोरीको बिहे

काठमाडौं, २२ साउन । इटहरी रामगनर भुटाह गाविस ५ का खलखल मस्किले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन् । सुनसरीका दक्षिणी क्षेत्रमा रहेको अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण आफनो नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताएका छन् […]

२०७३ श्रावण २२ गते, शनिबार

मधेस आन्दोलनमा मारिएका प्रतिपरिवारलाई १० लाख दिइने

काठमाडौं, २१ साउन । मधेसी मोर्चासँग गरिएको तीन बुँदे सहमति अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकबाट यो निर्णय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गरेका थिए । मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनमा घाइते भएकालाई उपचार […]

२०७३ श्रावण २१ गते, शुक्रबार

खोरंगा हाइड्रोपावरका कर्मचारी आन्दोलित

काठमाडौं, २१ साउन । पाँचथरको खोरंगा हाइड्रोपावरका कर्मचारी आन्दोलित भएका छन् । गत असार १७ गते र साउन ६ गते भएको सम्झौताबमोजिम तलब बृद्धि नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सम्झौता भएबमोजिमको तलब यथाशक्य दिलाइदिन माग राख्दै कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कम्पनीले साउन २० गतेसम्ममा सहमतिअनुरुपको तलब […]

२०७३ श्रावण २१ गते, शुक्रबार

प्रस्तावित राजदुतको सनुवाई हुदै

काठमाडौ, २१ साउन । संसदको सुनुवाई विषेश समितिले आजदेखि अघिल्लो सरकारद्धारा प्रस्तावित २२ राजदूतको सनुवाई गर्ने भएको छ । आज दिउँसो २ बजे बोलाइएको बैठकले सनुवाई गर्ने समितिले जनाएको छ । समितिले ८ जना राजदुतको सनुवाई यसअघि नै गरिसकेको छ । चार महिना अघि सिफारिस भएका २२ जनाका सुनुवाई अल्झिदै गएर दुई साता अघि सुनुवाईको […]

२०७३ श्रावण २१ गते, शुक्रबार

डीएनएलाई मान्नुपर्छ : सर्वोच्च

काठमाडौ, १९ साउन । नाता कायम जस्तो मुद्दामा डीएनए परीक्षणबाट प्राप्त विशेषज्ञको रायलाई बिना आधार अस्वीकार गर्न नसकिने ठहर सर्वोच्च अदालतले गरेको छ। डीएनए परीक्षणको प्रतिवेदनलाई केही वर्षअघि नमानेको सर्वोच्च अदालतले अब भने त्यस्तो प्रतिवेदनको आधिकारिकतामा खण्डन गर्न सघाउ पुर्याउने अन्य प्रमाण भएमा मात्र जाच्न सकिने उल्लेख छ। चार वर्षअघि सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु बलराम […]

२०७३ श्रावण १९ गते, बुधबार

‘सत्य निरुपण र बेपत्ता आयोगको माग सम्बोधन गर’

काठमाडौ, १८ साउन । संसदीय समितिले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोगलाई आवश्यक जनशक्ति, बजेट र कानुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकले सत्य निरुपण आयोगका अध्यक्ष सुर्यकिरण गुरुङ र बेपत्ता छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकसँग छलफल गरेर सरकारलाई यस्तो निर्देशन दिएको हो । […]

२०७३ श्रावण १८ गते, मंगलवार

‘मधेसी नेता भारत परस्त छन्’

काठमाडौं, १८ साउन । दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र ‘बाँधजस्तो’ सडक बनायो । लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्ती नदी आसपासका बासिन्दाले डुबान, कटान र पटान समस्या भोग्दै आएका छन् । हिरमिनिया, साइगाउँ र साधापुरमा दसगजासँगै सटाएर भारतले बाँधजस्तो सडक बनाउँदा नेपाली भूमि […]

२०७३ श्रावण १८ गते, मंगलवार

आज गठे मंगल पर्व

काठमाडौ, १७ साउन । आज गठे मंगल पर्व , राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर यो पर्व मनाउने गर्दछन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट […]

२०७३ श्रावण १७ गते, सोमबार

बस दुर्घटनामा ९ को मृत्यु, ३१ घाइते

काठमाडौ, १६ साउन । आज बिहान मकवानपुरको मनहरी–३ स्थित रमनटारमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु र ३१ जना घाइते भएका छन । काठमाडौंबाट गाइघाटर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौै आइरहेको ना. ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । ६ जनाको घटनास्थलमै, दुई […]

२०७३ श्रावण १६ गते, आईतवार

नेपाल–जापान दौत्य स्थापनाको आज साठी वर्ष पूरा

काठमाडौं, १५ साउन । नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको आज साठी वर्ष पुगेको छ । दौत्यसम्बन्ध स्थापनाको ६० वर्ष पुरेको अवसरमा आज राजधानीमा नेपाल र जापान प्रतिबिम्बीत हुने तस्बिरहरु प्रदर्शनमा राखिएको छ । कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको भन्दै यसलाई अझै उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए । नेपालका लागि जापानले […]

२०७३ श्रावण १५ गते, शनिबार