नेपाल–जापान दौत्य स्थापनाको आज साठी वर्ष पूरा

२०७३ श्रावण १५ गते, शनिबार

काठमाडौं, १५ साउन । नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको आज साठी वर्ष पुगेको छ । दौत्यसम्बन्ध स्थापनाको ६० वर्ष पुरेको अवसरमा आज राजधानीमा नेपाल र जापान प्रतिबिम्बीत हुने तस्बिरहरु प्रदर्शनमा राखिएको छ । कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको भन्दै यसलाई अझै उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए ।
नेपालका लागि जापानले गरेको सहयोग अविस्मरणीय रहेको भन्दै उनले सहयोगको निरन्तरताको अपेक्षा राखे । नेपालका लागि जापानका राजदुत ओगावा मसाईले जापान नेपालको नजिकको मित्र रहेको भन्दै दुवै देशको साँस्कृतिक र सामाजिक सम्बन्धलाई अगाडि बढाउन इच्छुक रहेको बताए । कार्यक्रममा नेपाल र जापानबीचमा प्राचिनकालिनदेखि हालसम्मका प्रकृति, वनस्पति, संस्कृति, जनजीवन, खानपान र रीतिरिवाज झल्कने तस्विरहरु प्रदर्शनमा राखिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु