बस दुर्घटनामा ९ को मृत्यु, ३१ घाइते

२०७३ श्रावण १६ गते, आईतवार

काठमाडौ, १६ साउन । आज बिहान मकवानपुरको मनहरी–३ स्थित रमनटारमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु र ३१ जना घाइते भएका छन । काठमाडौंबाट गाइघाटर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौै आइरहेको ना. ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । ६ जनाको घटनास्थलमै, दुई जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएकाहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु