राजनीति

एमाले संसदीय दलको विधान संशोधन हुने

काठमाडौं , ४ माघ । नेकपा एमालेले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधनका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा सचेतक गोकुल घर्तीमगर […]

२०७२ माघ ४ गते, सोमबार

एमाओवादीले मन्त्रीका गलत कामको उजुरीको सुनुवाई गर्ने

काठमाडौ, ४ माघ । एकीकृत माओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेपछि सर्वसाधारणबाट सुझाव माग्न थालेको छ। यस सँगसँगै मन्त्रीका गलत कामविरुद्ध उजुरी दिनसमेत छुट्टै पत्रमञ्जुषा एमाअोवादी कार्यालयमा राखिएको छ। एकीकृत माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा पेटिका राखेर सरकार सञ्चालन सहयोग तथा समन्वय समिति मन्त्रीहरुले गर्नुपर्ने नयाँ कामको योजनाबारे सुझाव दिन सर्वसाधारणलाई आग्रह गरेको […]

२०७२ माघ ४ गते, सोमबार

वैद्य माओवादीले स्थानीय चुनावमा भाग लिने

काठमाडौ, ३ माघ । मोहन वैद्य नेतृत्वको माओवादीले स्थानीय चुनावमा भाग लिने भएको छ । ३३ दलीय मोर्चा बनाएर दोस्रो संविधानसभा निर्वाचन अवरोधको प्रयाससहित बहिष्कार गरेको वैद्य माओवादी अहिले नयाँ संविधानबमोजिम हुने निर्वाचनमा भाग लिने निष्कर्षमा पुगेको छ । परी थापा नेतृत्वको नेकपा (एकीकृत) सँगको एकतापछि बनेको क्रान्तिकारी माओवादीले पहिलो चरणमा स्थानीय निर्वाचनमा भाग लिने […]

२०७२ माघ ३ गते, आईतवार

मधेसी मोर्चाले लाठी जुलुस प्रदर्शन गर्ने

काठमाडौं, २ माघ । विगत पाँच महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले केन्द्रीय कार्यक्रम अन्तर्गत आज मधेसका २२ वटै जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्न लागेको छ । आज दिउँसो १ बजेपछि हुने लाठी जुलुस प्रदर्शनको कार्यक्रम शान्तिपूर्ण हुने मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका सर्लाही अध्यक्ष एवं सांसद जंगिलाल रायले बताए । मोर्चाले […]

२०७२ माघ २ गते, शनिबार

कांग्रेसलाई सरकारमा जान हतार छैन : देउवा

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई अहिले सरकारमा जान हतार नभएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले शुक्रबार बिहान पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले सरकारलाई ठीकसँग चलाउन बलियो प्रतिपक्षीको खाँचो पर्ने भएकाले कांग्रेसले प्रतिपक्षीमै रहेर राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने बताए […]

२०७२ माघ १ गते, शुक्रबार

तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौ, ३० पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको मागबारे साझा धारणा बनाउन मुख्य तीन दलका शीर्ष नेताबिच छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताबिच छलफल हुन लागेको हो । शीर्ष नेताबिच छलफल भएपछि बिहीबार नै कार्यदलको बैठक बस्ने तयारी छ । आन्दोलनरत मधेसी मोर्चाको ११ […]

२०७२ पुष ३० गते, बिहीबार

संसदको बैठक माघ ५ गतेसम्मका लागि स्थगित

काठमाडौ, २९ पुस । व्यवस्थापिका–संसद्को बैठक माघ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । सभामुख ओनसरी घर्ती बिरामि श्रीमानलाई भेट्न थाइल्याण्ड गएको र संशोधन विधेयकमा दलहरुबीच सहमति भैनसकेकोले पनि बैठक स्थगित गरिएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । भोलिका लागि पूर्वनिर्धारित बैठक […]

२०७२ पुष २९ गते, बुधबार

बन्दीका आफन्तद्वारा संविधान नमान्ने चेतावनी

काठमाडौ, २८ पुस । भूकम्पले जिर्ण बनाएका कारागारमा असुरक्षित बनेका कैदीबन्दीहरुका १७ भन्दा बढी आफन्त र परिवारले सरकारविरुद्ध कडा आन्दोलन गर्ने बताएका छन । पीडित कैदीबन्दी परिवार केन्द्रीय समितिले मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर उक्त घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा समितिका केन्द्रीय अध्यक्ष जीवन रायमाझीले सरकारले देशभरका १७ हजार कैदीबन्दीहरुलाई नायाँ संविधानले आम […]

२०७२ पुष २८ गते, मंगलवार

‘सरकार र मधेसी मोर्चा दुवै भारतकै इसारामा चलेका छन्’

काठमाडौ, २७ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र आन्दोलनरत मधेसी मोर्चा दुवै भारतकै इसारामा चलेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले सरकार र मधेसी मोर्चा दुवै भारतकै इसारामा चलेकाले देशले निकास नपाएको बताए । ‘बाहिर राष्ट्रवादका कुरा गरेपनि सरकार र मोर्चा दुबै भारतकै योजनामा […]

२०७२ पुष २७ गते, सोमबार

३० करोड दिए ग्यास सहज : उद्योगी

काठमाडौ, २७ पुस । भारतको रक्सौलमा अलपत्र ग्यास बुलेट बाटो परिवर्तन गर्न लाग्ने थप ढुवानी खर्च र रोकिराखेको डिटेन्सन कस्ट बापत झन्डै ३० करोड रुपैयाँ सरकारले ब्यहोरे आपूर्ति सहज बनाउन आफू तयार रहेको ग्यास उद्योगीले बताएका छन्। ‘सरकारले खर्च ब्यहोरोस् हामीले अस्थायी रुपमा थप ग्यास बुलेट भाडा लिएर भएपनि सहज बनाइदिन्छौँ, नेपाल उद्योग संघका अध्यक्ष […]

२०७२ पुष २७ गते, सोमबार