राजनीति

संविधान संशोधन प्रस्ताव बिरुध्दको आन्दोलन जारी

काठमाडौं, २६ मंसिर । संविधान संशोधन प्रस्तावको विरोधमा सुरु भएको प्रदर्शन विभिन्न जिल्लामा जारी छ । आज १२ औं दिन पनि प्रदेश नं ५ बाट पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा अर्घाखाँची र गुल्मी जिल्ला बन्द भएका छन् । लगातारको बन्दका कारण यी जिल्लाको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण यातायात, बजार, उद्योग […]

२०७३ मंसिर २६ गते, आईतवार

संसद बैठक ३० गतेसम्मका लागि स्थगित

काठमाडौं, २४ मंसिर । विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका–संसदको शुक्रबारको बैठक पनि सन्चालन हुन सकेन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालसहित सात दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसदको काम–कारबाही अगाडि बढ्न नदिने भन्दै […]

२०७३ मंसिर २४ गते, शुक्रबार

थरुहट–थारुवान संयुक्त संघर्ष समितिद्वारा कैलाली र कञ्चनपुर बन्द

काठमाडौं, २४ मंसिर । थरुहट–थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको आमहड्तालका कारण कञ्चनपुर र कैलालीको जनजीवन प्रभावित भएको छ । सरकारले केही दिनअघि संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा कैलाली र कञ्चनपुरलाई उल्लेख नगरेको भन्दै संघर्ष समितिले आमहड्ताल आह्वान गरेको हो । समितिले कञ्चनपुर–कैलालीसहित नवलपरासीसम्मका तराईका जिल्लालाई एक प्रदेश र पूर्वी तराईको झापा, मोरङ, सुनसरीसहितको […]

२०७३ मंसिर २४ गते, शुक्रबार

आज सार्क स्थापना दिवस

काठमाडौं, २३ मंसिर । आज सार्क स्थापना दिवस । ३१ वर्ष अगाडी स्थापित यसदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनले दक्षिण एशियाली मुलुकको साझा हित पहिल्याउने र विकास र समृद्धिको दिशामा काम गर्ने उद्देश्य राखेको छ । ३१ औं वार्षिकोत्सव तथा सार्क बडापत्र दिवसका प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिँदै दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य राष्ट्रबीच […]

२०७३ मंसिर २३ गते, बिहीबार

‘राजदुत रे लाई देश निकाला गर्नपर्छ’

काठमाडौँ, २३ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भारतीय राजदूत रन्जीत रेलाई जासुसीको आरोपमा तत्काल देश निकाला गर्नुपर्ने बताएका छन् । संवाद क्लब नेपालले बुधबार राजधानी गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले देशमा विखण्डन ल्याउने नियतका साथ भारतीय राजदूतले कूटनीतिक मर्यादा विपरीत गतिविधि गरिरहेको आरोप लागएका छन् । नाकाबन्दीको समयमा भारतका लागि नेपाली […]

२०७३ मंसिर २३ गते, बिहीबार

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

काठमाडौं, २२ मंसिर । संयुक्त युवा विद्यार्थीले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेका छन् । आज बिहान प्रदर्शनमा उत्रिएका उनीहरुले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै संशोधन प्रस्ताव फिर्ताको माग गरेका हुन् । उनीहरुले ‘राष्ट्रघाती षडयन्त्रको भण्डाफोर गरौं’, ‘देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौं’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल […]

२०७३ मंसिर २२ गते, बुधबार

आयव्यय नबुझाउने ८२ वटा दललाई जरिवाना

काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले प्रचलित कानुनी व्यवस्थाको बेवास्ता गरी आयव्ययसहितको वाषर््िाक प्रतिवेदन नब्ुझाउने ८२ वटा राजनीतिक दललाई जरिवाना गर्ने भएको छ । कानुनी व्यवस्थाअनुसार समयमा प्रतिवेदन नबुझाउने दललाई एक सय रुपियाँ जरिवाना हुन्छ । जरिवाना गरिएका दलहरूमा व्यवस्थापिका संसद्मा रहेका दलहरू पनि छन् । संसद्मा ११ जना सांसद रहेको तराई–मधेस लोकतान्त्रिक पार्टी पनि […]

२०७३ मंसिर २२ गते, बुधबार

पाँच नम्बर प्रदेशमा आन्दोलनको स्वरुप फेरियो

काठमाडौं , २२ मंसिर । पाँच नम्बर प्रदेशमा आन्दोलनको स्वरुप फेरिएको छ । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलित रुपन्देहीवासीले तत्कालका लागि आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन् । उनीहरुले २६ गतेसम्मका लागि बन्द हड्ताल जस्ता कार्यक्रम स्थगित गरेका छन् । सरकारले संविधान संशोधनमार्फत् प्रस्ताव गरेको सिमांकन हेरफेरविरुद्ध रुपन्देहीवासी मंसिर १५ गतेदेखि आन्दोलित बनेका थिए । […]

२०७३ मंसिर २२ गते, बुधबार

आन्दोलन देशव्यापी बनाउने निर्णय

काठमाडौं, २१ मंसिर । नेकपा एमालेले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी कमिटीको बैठकले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा सुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए । बैठकबारे सन्चारकर्मीलाई […]

२०७३ मंसिर २१ गते, मंगलवार

भारतीय दुताबास अगाडी नाराबाजी

काठमाडौं, २० मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले भारतीय राजदूतावास अघी बिरोध प्रदर्शन गरेका छन् । उनिहरूले संबिधान संशोधन प्रस्तावमा गरिएको सीमाकंन हेरफेरमा भारत सरकारले हस्तक्षेप गरएको भन्दै सो बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले नेपालको संबिधान संशोधनमा भारतको हस्तक्षेप अनावश्यक रहेको भन्दै भारत सरकार र भारतीय राजदूतको बिरोधमा नाराबाजी गरेका […]

२०७३ मंसिर २० गते, सोमबार