राजनीति

आयव्यय नबुझाउने ८२ वटा दललाई जरिवाना

काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले प्रचलित कानुनी व्यवस्थाको बेवास्ता गरी आयव्ययसहितको वाषर््िाक प्रतिवेदन नब्ुझाउने ८२ वटा राजनीतिक दललाई जरिवाना गर्ने भएको छ । कानुनी व्यवस्थाअनुसार समयमा प्रतिवेदन नबुझाउने दललाई एक सय रुपियाँ जरिवाना हुन्छ । जरिवाना गरिएका दलहरूमा व्यवस्थापिका संसद्मा रहेका दलहरू पनि छन् । संसद्मा ११ जना सांसद रहेको तराई–मधेस लोकतान्त्रिक पार्टी पनि […]

२०७३ मंसिर २२ गते, बुधबार

पाँच नम्बर प्रदेशमा आन्दोलनको स्वरुप फेरियो

काठमाडौं , २२ मंसिर । पाँच नम्बर प्रदेशमा आन्दोलनको स्वरुप फेरिएको छ । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलित रुपन्देहीवासीले तत्कालका लागि आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन् । उनीहरुले २६ गतेसम्मका लागि बन्द हड्ताल जस्ता कार्यक्रम स्थगित गरेका छन् । सरकारले संविधान संशोधनमार्फत् प्रस्ताव गरेको सिमांकन हेरफेरविरुद्ध रुपन्देहीवासी मंसिर १५ गतेदेखि आन्दोलित बनेका थिए । […]

२०७३ मंसिर २२ गते, बुधबार

आन्दोलन देशव्यापी बनाउने निर्णय

काठमाडौं, २१ मंसिर । नेकपा एमालेले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी कमिटीको बैठकले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा सुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए । बैठकबारे सन्चारकर्मीलाई […]

२०७३ मंसिर २१ गते, मंगलवार

भारतीय दुताबास अगाडी नाराबाजी

काठमाडौं, २० मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले भारतीय राजदूतावास अघी बिरोध प्रदर्शन गरेका छन् । उनिहरूले संबिधान संशोधन प्रस्तावमा गरिएको सीमाकंन हेरफेरमा भारत सरकारले हस्तक्षेप गरएको भन्दै सो बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले नेपालको संबिधान संशोधनमा भारतको हस्तक्षेप अनावश्यक रहेको भन्दै भारत सरकार र भारतीय राजदूतको बिरोधमा नाराबाजी गरेका […]

२०७३ मंसिर २० गते, सोमबार

प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणको निम्तो

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलंका भ्रमणको निम्तो दिइएको छ । नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाले प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा सो निम्तो दिएकी हुन् । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको चर्चा गरेका थिए । भेटमा प्रधानमन्त्री दाहालले सार्क र दक्षिण […]

२०७३ मंसिर २० गते, सोमबार

बुटवलमा प्रदर्शन सुरु

काठमाडौं, २० मंसिर । बुटवलमा आज छैटौं दिन पनि सडकमा मानव सागर ओर्लिएर आन्दोलन चर्किएको छ । संविधान संशोधन प्रस्ताव दर्ताका विरुद्ध सबैतिर आन्दोलन चर्किएको छ । सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा प्रदेशका सबैजसो जिल्लामा प्रदर्शन भइरहेको छ । सरकारले संसदमा प्रस्ताव […]

२०७३ मंसिर २० गते, सोमबार

रुपन्देही बन्द

काठमाडौं, १७ मंसिर । संविधान संशोधन प्रस्तावको विरोध गर्दै अखण्ड ५ नम्बर प्रदेश दबाब समूह र बिभिन्न संघ संस्थाको अगुवाईमा आजपनि रुपन्देही जिल्ला बन्द गरिएको छ । बन्दको स्थानीय र व्यापारीहरुले समेत समर्थन गरेका छन् । बन्दको प्रभाव रुपन्देहीका प्रमुख शहर बुटवल र भैरहवाको साथै ग्रामीण भेगमासमेत परेको छ । बिहानैदेखि चोक चोकमा टायर बालेर […]

२०७३ मंसिर १८ गते, शनिबार

ग्रेटर नेपालका अध्यक्षलगायत पक्राउ

काठमाडौं, १७ मंसिर । प्रहरीले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललगायत ९ जनालाई शान्ति–बाटिकाबाट पक्राउ गरेको छ । सुगौली सन्धिविरुद्ध नाराबाजी गर्दै काठमाडौंस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गर्न जान लागेका मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललगायत ९ जनालाई प्रहरीले शान्ति–बाटिकाबाट पक्राउ गरेको हो । सन् १८१५ मा आजैका दिन भारतको इस्ट इन्डिया कम्पनी सरकारसँग नेपालले सुगौली सन्धि […]

२०७३ मंसिर १७ गते, शुक्रबार

आन्दोलन अराजक बन्दै

काठमाडौं, १७ मंसिर । यतिबेला बुटवलको दृश्य बडो अनौठो देखिन्छ, १९ दिने जनआन्दोलनको बेलामा जस्तै प्रहरीहरु बाटोभरी तयारी अवस्थामा लाठीँ सहित देखिन्छन् भने सर्वसाधारणहरु घाम पानी नभनी बाटोमा चिच्याईरहेका छन् । त्यस्तो कुनै चोक र गल्ली छैन जहाँ टायर नबोलेको होस् । बुटवलको मुख्य चोक पुष्पलाल पार्कमा अवस्थित सहित स्तम्भलाई घेरिएको पार्कको भौतिक संरचना पूर्ण […]

२०७३ मंसिर १७ गते, शुक्रबार

‘एमालेले सदन र सडकमा प्रतिरोध गर्ने’

काठमाडौं, १५ मंसिर । नेकपा एमालेले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ । एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र संविधानको भावनाविपरीत संघीयतालगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले त्यसलाई सफल हुन नदिने जनाए । पार्टीको प्रचार विभागले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशसभा […]

२०७३ मंसिर १५ गते, बुधबार