राजनीति

सर्वाेच्च अदालतमा एमिकस क्युरीको बहस हुदै

काठमाडौं , १३ पुस । सर्वाेच्च अदालतमा स्थानीय तहको निर्वाचनको मागसहित दायर रिट निवेदनमा आज छ जना कानुन व्यवसायीले अदालतको सहयोगी (एमिकस क्युरी) का रूपमा बहस गर्ने भएका छन । नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालत बार एसोसिएसनले तीन–तीन जना कानुन व्यवसायीलाई एमिकस क्युरीको रूपमा सिफारिस गरेको छ । एमिकस क्युरीले स्थानीय निकायको निर्वाचन संविधानतः […]

२०७३ पुष १३ गते, बुधबार

संसद बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

काठमाडौं, १२ पुस । व्यवस्थापिका–संसदको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । लगातार अवरुद्ध हुँदै आएको संसद बैठक मंगलबार पनि पूर्वसभासद बुद्धरत्न सायमिको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको हो । पूर्वसभासद सायमिको निधनको शोकमा संसदमा एक मिनेट मौनधारण पनि गरिएको थियो । त्यसपछि सभामुख ओनसरी घर्तीमगरले संसद बैठक बुधबार दिउँसो […]

२०७३ पुष १२ गते, मंगलवार

‘प्रचण्ड र बाबुराम काल्पनिक समाजवादी’

काठमाण्डौ ,११ पुस । नेकपा (माओवादी)का स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई काल्पनिक समाजवादी भएको बताएका छन् । अक्टोबर क्रान्तिको सत्वार्िाकी र माओको जन्मोत्सवका अवसरमा नेकपा (माओवादी) कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई काल्पनिक समाजवादीको आरोप लगाएका हुन् । आध्यात्मवाद र भौतिकवाद एउटै विषय […]

२०७३ पुष १२ गते, मंगलवार

प्रचण्ड र बाबुराम पुनः एउटै पार्टीमा रहने संकेत

काठमाडौं, ११ पुस । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः एउटै पार्टीमा रहने संकेत गरेका छन् । आज काठमाडौंमा माओवादीका स्वर्गीय सांसद भक्ति पाण्डेको पुस्तक ‘चाचा’को विमोचन कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई दुबैले आफूहरुबीच कुनै वैमनस्यता नरहेको भन्दै […]

२०७३ पुष ११ गते, सोमबार

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

काठमाडौँ , ११ पुस । सभामुख ओनसरी घर्तीले राजनीतिक गत्यावरोध अन्त्य गर्ने लक्ष्यका साथ आज दिउँसो ३ बजेका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गरेकी छन् । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत निमन्त्रणा दिइएको छ । बैठकमा […]

२०७३ पुष ११ गते, सोमबार

सुदूरपश्चिम बन्द

काठमाडौं , १० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाले ‘गौ’(गाई) हत्या गरिएको भन्दै त्यसको विरोधमा आज सुदूरपश्चिम बन्द गरेका छन् । बन्दको प्रभाव कैलालीमा परेको देखिएपनि अरु जिल्लामा भने खासै परेको छैन । कैलालीमा यातायातका साधन चलेका छैनन् भने बजार आंशिक रुपमा मात्र संचालित छन् । बन्दकर्ताले र्‍यालिसमेत गरेका छन् । गत बुधबार भीमदत्त […]

२०७३ पुष १० गते, आईतवार

किराँती मुक्ती मोर्चा भक्तपुरको इन्चार्जमा रोसन किराँती

काठमाडौं, १० पुस । नेकपा (माआवादी) निकट किराँती मुक्ती मोर्चा भक्तपुर इन्चार्जमा रोसन किराँती चयन भएका छ्न । यहि पुस ९ गते सम्पन्न मोर्चाको ५ औ जिल्ला भेलाले अध्यक्ष राई सहित उपाध्यक्षमा सिताराम दनुवार ,सचिब कविता राई, कोषाध्यक्ष खेमकुमारी लिम्बूलगायत सदस्यहरुमा सुशिला राई,चन्द्रकला राई,बिजेता राई,रमेश राई,ममता राई,कुमारी लिम्बू,सुरज राई सहित४ जना पछि थप्ने गरि १५ […]

२०७३ पुष १० गते, आईतवार

‘ दाहाल र देउवाले राष्ट्रिय एकता खल्बल्याउन खोजे’

काठमाडाैँ, ९ पुस । एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता खल्बल्याउन खोजेको आरोप लगाएका छन् । सुनसरीको धरानमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले दाहाल र देउवाले नै देश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको आरोप लगाएका हुन् । उनले भारतको डिजाइनमा संविधान संशोधनको प्रस्ताव […]

२०७३ पुष ९ गते, शनिबार

चीनद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह

काठमाडौं, ९ पुस । चीनले आफ्ना नागरिकहरुलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरु मार्फत आन्तरिक रुपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस (सीआईटीएस) ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी […]

२०७३ पुष ९ गते, शनिबार

राजतन्त्र कुनै हालतमा फर्कन सक्दैन’

काठमाडौं, ८ पुस । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज सिन्धुली महोत्सवको उद्घाटन गर्दै राजनीतिक दलहरुबीच केही असमझदारी देखिए पनि मुलुकमा राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने बताएका छन् । उपप्रधान तथा अर्थमन्त्री महराले पछिल्लो समयमा राजनीतिक दलहरुका कारण संविधान कार्यान्वयन, संशोधन र स्थानीय निकायको निर्वाचनमा व्यवधान उत्पन्न भए पनि त्यसलाई सरकारले मिलाउने प्रयास गरिरहेको […]

२०७३ पुष ८ गते, शुक्रबार