आयव्यय नबुझाउने ८२ वटा दललाई जरिवाना

२०७३ मंसिर २२ गते, बुधबार

काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले प्रचलित कानुनी व्यवस्थाको बेवास्ता गरी आयव्ययसहितको वाषर््िाक प्रतिवेदन नब्ुझाउने ८२ वटा राजनीतिक दललाई जरिवाना गर्ने भएको छ । कानुनी व्यवस्थाअनुसार समयमा प्रतिवेदन नबुझाउने दललाई एक सय रुपियाँ जरिवाना हुन्छ ।
जरिवाना गरिएका दलहरूमा व्यवस्थापिका संसद्मा रहेका दलहरू पनि छन् । संसद्मा ११ जना सांसद रहेको तराई–मधेस लोकतान्त्रिक पार्टी पनि कारबाहीमा परेको छ । सो पार्टीका नेता बृजेशकुमार गुप्तले अघिल्लो आर्थिक वर्षको आयव्यय विवरण पार्टीले केही ढिला गरी बुझाइसकेको र यस वर्षको आयव्ययको विवरण बुझाउने समय रहेको बताउनुभयो ।
यसैगरी पूर्व मन्त्री एवं सांसद विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्टी, राजकिशोर यादव अध्यक्ष रहनुभएको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सांसद कुमार खड्कासमेत रहनुभएको अखण्ड पार्टी नेपाल, गोपाल दहितसहित सांसद रहेको थरुहट तराई पार्टी नेपाल पनि कारबाहीमा परेका छन् ।
आयोगले यसअघि ११ वटा राजनीतिक दल खारेज नै गरेको थियो । आयोगमा हाल १६९ वटा दल दर्ता कायम छन् । आयोगले असार २१ गते सार्वजनिक सूचना प्रकाशन गरी आयव्ययको विवरण पेस नगर्नु नपर्ने कुनै कारण भए चितबुझ्दो जवाफ पेस गर्न आग्रह गरेको थियो ।
तोकिएको अवधिमा आयव्ययको विवरणको वार्षिक प्रतिवेदन तथा भनाइ पेस नगर्ने दलहरूलाई ‘राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एक सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको हो । – गोरखापत्र

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु