राजनीति

निर्वाचन कसुरमा तीन वर्षसम्म कैद प्रस्ताव

काठमाडौँ, १ पुस । सरकारले निर्वाचन कसुरमा सजाय बढाउने प्रस्तावसहित निर्वाचन कसुर तथा सजायसम्बन्धी कानुनलाई एकीकरण गर्ने विधेयक संसद्मा दर्ता गरेको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले दर्ता गराउनुभएको प्रस्ताव जस्ताको तस्तै पारित भएमा अब निर्वाचन कसुरमा तीन वर्षसम्म कैद हुनेछ । यस्तै जरिवानाको रकम पनि दुई लाख रुपियाँसम्म पु-याइएको छ । […]

२०७३ पुष १ गते, शुक्रबार

पाल्पामा आमहडताल

काठमाडौं, १ पुस । आमहडतालका कारण आज बिहानदेखि यहाँको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण आज बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन् । पाँच नम्बर प्रदेश अलग गर्न नहुने माग राखेर सङ्घर्ष समितिले शुक्रबार र शनिबार पुनः पाल्पा बन्दको आह्वान गरेको छ । मङ्सिर १४ देखि २५ गतेसम्मको बन्दले जनजीवन […]

२०७३ पुष १ गते, शुक्रबार

संसदको बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौं, ३० मंसिर । आज बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढाउने विषयमा सहमति नजिक पुगेकाले प्रमुख तीन दलको आग्रहमा सभामुख ओनसरी घर्तीले बैठक स्थगित गरेकी हुन् । सरकारले […]

२०७३ मंसिर ३० गते, बिहीबार

पुस ३ गतेसम्म रोल्पा तथा प्यूठान बन्द

काठमाडौं, ३० मंसिर । ५ नम्बर प्रदेशवाट पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आजदेखि पुस ३ गतेसम्म रोल्पा तथा प्यूठान जिल्ला बन्दको घोषणा गरिएको छ । रोल्पा—प्यूठान संयुक्त सङ्घर्ष समितिको बुधबार प्यूठानको भिङ्गृमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लामो समयसम्म आन्दोलन गर्दासमेत सरकारले सुनेन, अब आन्दोलनलाई थप सशक्त […]

२०७३ मंसिर ३० गते, बिहीबार

पूर्वका नौं जिल्ला बन्द

काठमाडाैँ , ३० मंसिर । संघीय लिम्बुवान पार्टी नेपालले संविधान संशोधन गरी पूर्वी नेपालका नौं जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाईरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै संघीय लिम्बुवानले बिहीबार पूर्वी नेपाल बन्दको आह्वान गरेको छ । बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित बनेको छ । […]

२०७३ मंसिर ३० गते, बिहीबार

पाँच नम्बर प्रदेशको आन्दोलनको कुनै अर्थ छैन : पम्फा

काठमाडौं , २९ मंसिर । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पाँच नम्बर प्रदेशको सीमांकन परिवर्तनको विरोध गर्नु अर्थहीन भएको बताएकी छिन् । ईमेज टेलिभिजनको साप्ताहिक कार्यक्रम सत्यपथसंग कुरा गर्दै उनले सो कुरा बताएको हुन । उनले भनिन् – आफ्नो भोट बैंक यतायता हुने डरले त्यस क्षेत्रका केही नेता आन्दोलनमा उत्रिएको बताईन । उनले सबैलाई […]

२०७३ मंसिर २९ गते, बुधबार

अर्घाखाँची र गुल्मी आजपनि ठप्प

काठमाडौं, २९ मंसिर । संशोधन प्रस्तावविरुद्ध आजपनि अर्घाखाँची र गुल्मी ठप्प पारिएको छ । प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गर्न सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्धको प्रदर्शन विभिन्न जिल्लामा समेत कायम छ । अर्घाखाँची र गुल्मीमा १५ दिनदेखि बन्द गरिँदा जनजीवन कष्टकर बनेको छ । लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै […]

२०७३ मंसिर २९ गते, बुधबार

अर्घाखाँची र गुल्मी बन्द जारी

काठमाडौं, २८ मंसिर । सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरी प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा आज १४औं दिन पनि अर्घाखाँची र गुल्मी जिल्ला बन्द जारी छ । अनिश्चितकालिन बन्दको कारण यी जिल्लाको जनजीवन थप प्रभावित बन्दै गएको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प […]

२०७३ मंसिर २८ गते, मंगलवार

विद्युत् चुहावट तत्काल नियन्त्रण गर्न निर्देशन

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार हाल मुलुकभर विद्युत् चुहावट २५ प्रतिशतभन्दा बढी रहेको र कुल जडित क्षमतामा २५० मेगावाट बराबर हुने भएकाले त्यसलाई तत्काल नियन्त्रणमा ल्याउनसमेत प्रधानमन्त्रीले निर्देशन दिए […]

२०७३ मंसिर २७ गते, सोमबार

गुल्मी, अर्घाखाँची आजपनि ठप्प

काठमाडौं, २७ मंसिर । गुल्मी, अर्घाखाँची जिल्लाको जनजीवन आजपनि ठप्प भएको छ । सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गराउन लागेको विरोधमा आज १३ औं दिन पनि अर्घाखाँची र गुल्मी जिल्ला बन्द कायमै छ । अनिश्चितकालिन बन्दले जिल्लाको जनजीवन थप प्रभावित बन्दै गएको छ । बन्दले जिल्लाका सम्पूर्ण […]

२०७३ मंसिर २७ गते, सोमबार