भारतीय दुताबास अगाडी नाराबाजी

२०७३ मंसिर २० गते, सोमबार

काठमाडौं, २० मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले भारतीय राजदूतावास अघी बिरोध प्रदर्शन गरेका छन् । उनिहरूले संबिधान संशोधन प्रस्तावमा गरिएको सीमाकंन हेरफेरमा भारत सरकारले हस्तक्षेप गरएको भन्दै सो बिरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा बिद्यार्थीहरुले नेपालको संबिधान संशोधनमा भारतको हस्तक्षेप अनावश्यक रहेको भन्दै भारत सरकार र भारतीय राजदूतको बिरोधमा नाराबाजी गरेका छन् । हिमाल पहाड तराई एक हो भन्दै संबिधान संशोधनको प्रस्तावमा गरिएको सीमाकंन नेपाली जनताका लागि घात भएको भन्दै देशब्यापी प्रदर्शन भइरहेको बेला भारतीय राजदूताबासले सो प्रस्ताव सकारात्मक भनी प्रतिक्रिया दिएपछी आक्रोशित बनेका अनेरास्वबियुका बिद्यार्थीहरुले बिरोध गरेका हुन् । प्रदर्शनलाई ध्यानमा राखी भारतीय राजदूताबास लैनचौर अघी सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु