विविध

ट्रकलाई जम्प गराएर विश्व रेकर्ड

काठमाडौँ । बुट्टे, मोन्टानामा एक साहसी स्टन्टम्यानले सेमि–ट्रकलाई सबैभन्दा लामो दुरिसम्म जम्प गराउने पुरानो रेकर्ड तोडेर नयाँ विश्वरेकर्ड बनाएका छन् । यी स्टन्टम्यान थिए ‘ग्रेग गड्फ्रे’ । यो कार्यको पुरानो रेकर्ड ६२ फिटको दुरिको थियो । गड्फ्रेले सो रेकर्डमा थप १०० फिट भन्दा पनि बढि दुरि कायम गरेका थिए । यस कार्यमा नयाँ रेकर्ड १६६ […]

२०७२ श्रावण १७ गते, आईतवार

एक लिटर दुधलाई २ हजार !

काठमाडौँ । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हाल गधाको दुध प्रतिलिटर दुई हजार भारतीय रुपैयाँमा बिक्री हुने गर्दछ । धेरै महँगो मूल्य तिर्दा पनि ग्राहकहरूले चाहेजति पाउन सकिरहेका छैनन । गधाको दुध लिन ग्राहकहरूले घन्टौं लाइन बस्ने गर्छन । आन्ध्र प्रदेशको तेलंगाना र तटीय क्षेत्रमा राज्यका बजारहरूमा उत्तरी तेलंगानाबाट गधाहरूको झुन्डसहित ल्याएर एक समुहले दुध […]

२०७२ श्रावण १६ गते, शनिबार

यस्तो पनि जात्रा !

काठमाडौँ । अफ्रिकाको सहेल रेगिस्तानमा बस्ने बोदाब्बे नामको एउटा जनजाति अनौठो जात्रा मनाउँछ । हरेक वर्ष आयोजना हुने गेरवोल जात्राका क्रममा त्यहाँका पुरुष खुबै श्रृंगारपटार गर्छन र महिलालाई रिझाउँछन् । उनीहरूको लक्ष्य खासगरी विवाहित महिला हुन्छन् । पुरुषहरू महिलाको मन जित्न अनेकौँ हर्कत पनि गर्छन । यो जनजातिका पुरुष हरेक समय आपूmसँग ऐना बोकेर हिँड्ने […]

२०७२ श्रावण २ गते, शनिबार

विश्वको सबैभन्दा कुरूप कुकुर

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा हालै कुकुरहरूबीच कडा प्रतिस्पर्धा भयो । त्यो प्रतिस्पर्धा कुनै लडाइँ झगडाको थिएन, कुकुरहरूबीचको सबैभन्दा कुरूप भन्ने प्रतिस्पर्धा थियो । अनि यो स्पर्धामा २६ वटा अरु एकसेएक कुरूप कुकुरहरूलाई माथ खुवाउँदै क्वासी मोदो नामको ठिमाहा कुकुर विश्वको सबैभन्दा कुरूप कुकुरको उपाधि जित्न सफल भयो । झण्डै हुँडार जस्तो जिउडाल भएको यो कुकुरका […]

२०७२ असार १९ गते, शनिबार

रोबोटकोपनि विवाह

काठमाडौं । जापानमा दुईवटा रोबोटको धुमधामसँग विवाह भएको छ । बेहुली रोबोट फ्राइस र बेहुला रोबोट युकरिनबीच शनिबार जापानको राजधानी टोकियोमा एक समारोहकाबीच विवाह भएको हो । रोबोटको विवाह समारोहमा उपस्थितिका लागि विशेष निम्तो कार्ड बनाएर निम्तो गरिएको थियो । कार्डमा बेहुला रोबोट र बेहुली रोबोटको तस्बिर मुटु आकार भित्र राखिएको थियो । विवाह समारोहमा […]

२०७२ असार १४ गते, सोमबार

चीनमा कुकुरको मासु खाने पर्व

काठमाडौँ । चीनमा विवादबीच कुकुरको मासु खाने पर्व शुरु भएको छ । पशुअधिकारकर्मीहरुको विरोधका बीच दक्षिण पश्चिम चीनमा वार्षिकरुपमा आयोजना गरिने कुकुरको मासु खाने पर्व शुरु भएको छ । चीनको ग्वाङ्सी प्रान्तको युलिनमा हरेक वर्ष आयोजना गरिने यस ‘लिची एण्ड डट मिट’ पर्वमा १० हजारभन्दा बढी कुकुरहरु मारिने चिनियाँ मिडियाहरुले बताएका हुन् । यो पर्वमा […]

२०७२ असार ८ गते, मंगलवार

आम्मै! कति लामा खुट्टा ?

काठमाडौं । आफ्ना झसँगै पार्ने खालका लामा खुट्टाका कारण २० वर्षकी एकजना मोडेल अहिले इन्टरनेट स्टार बनेकी छिन् । चिनिया मोडेल डोंग लेइ इन्टरनेटमा भाइरल बन्दै गएकी हुन् । चीनको अन्हुइ प्रान्तकी डोंगको पूरै जिउको उचाइ ५ फिट ११ इन्च छ । पूरै जिउको उचाइको अधिकांस भाग त खुट्टाले ओगटेको छ । उनको खुट्टा ४५ […]

२०७२ असार ७ गते, सोमबार

पानी ओसार्न धेरै श्रीमती !

काठमाडौँ । भारतको महाराष्ट्रस्थित डेंगाँमाल गाउँ सायद दुनियाँमै एकमात्र यस्तो गाउँ हो जहाँ परिवारलाई पानी खुवाउनका लागि पुरुषहरुले धेरै श्रीमती भित्राउँछन् । मानिसले दुखसुख सँगै बिताउने र सांसारिक चक्र धान्नका लागि बिहे गर्छन् । कतिपय समाजमा पुरुषका लागि एक भन्दा बढि श्रीमती भित्राउने छुट छ, धार्मिक वा सांस्कृतिक रुपमै । तर भारतको एउटा यस्तो गाउँ […]

२०७२ असार ६ गते, आईतवार

जमिन मुनि बस्ती !

काठमाडौँ । दक्षिण अस्ट्रेलियामा कूबर पेडी नामको एक सानो गाउँ छ । जुन गाउँका अधिकांश मानिस जमिन मुनि अण्डरग्राउण्ड भएर बस्छन् । यहाँ सेता चट्टानी ढुंगाको कयौं खानी छन् । एक्लै कूबर पेडीमा मात्रै ७० भन्दा बढी सेता ढुगांका मैदान छन् । र सेता ढुंगाको उत्खननका लागि यो विश्वकै सबैभन्दा ठूलो क्षेत्र हो । यहाँ […]

२०७२ जेष्ठ २६ गते, मंगलवार

सय पूर्णांकमा १ सय १० अंक पाउने व्यक्ति !

काठमाडौँ । भारतका चर्चित वैज्ञानिक तथा गणितज्ञ सत्येन्द्रनाथ बोसले गणितको परीक्षामा १ सय पूर्णांकमा १ सय १० अंक प्राप्त गरेका थिए । बोस यो दुनियाँका एक मात्र यस्ता व्यक्ति हुन्, जसले परीक्षामा पूर्णांकभन्दा बढी अंक प्राप्त गरेका थिए । बच्चादेखि नै विलक्षण प्रतिभाका धनी बोसको जन्म कलकत्तामा भएको थियो । प्रारम्भिक शिक्षा घर नजिकैको स्कुलमा […]

२०७२ जेष्ठ २४ गते, आईतवार