रोबोटकोपनि विवाह

२०७२ असार १४ गते, सोमबार

काठमाडौं । जापानमा दुईवटा रोबोटको धुमधामसँग विवाह भएको छ । बेहुली रोबोट फ्राइस र बेहुला रोबोट युकरिनबीच शनिबार जापानको राजधानी टोकियोमा एक समारोहकाबीच विवाह भएको हो । रोबोटको विवाह समारोहमा उपस्थितिका लागि विशेष निम्तो कार्ड बनाएर निम्तो गरिएको थियो । कार्डमा बेहुला रोबोट र बेहुली रोबोटको तस्बिर मुटु आकार भित्र राखिएको थियो । विवाह समारोहमा दुई रोबोटले एक आपसमा चुम्बन पनि गरेका थिए । दुई रोबोटले विवाहको विशेष केक पनि संयुक्त रुपमा काटेका थिए । इलेक्ट्रोनिक सामान उत्पादन गर्ने कम्पनी मेव डेनकीले विवाह समारोहको आयोजना गरेको हो । यो विवाह विश्वकै पहिलो रोबोट विवाह भएको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु