जमिन मुनि बस्ती !

२०७२ जेष्ठ २६ गते, मंगलवार

काठमाडौँ । दक्षिण अस्ट्रेलियामा कूबर पेडी नामको एक सानो गाउँ छ । जुन गाउँका अधिकांश मानिस जमिन मुनि अण्डरग्राउण्ड भएर बस्छन् । यहाँ सेता चट्टानी ढुंगाको कयौं खानी छन् । एक्लै कूबर पेडीमा मात्रै ७० भन्दा बढी सेता ढुगांका मैदान छन् । र सेता ढुंगाको उत्खननका लागि यो विश्वकै सबैभन्दा ठूलो क्षेत्र हो । यहाँ बढीजसो अण्डरग्राउण्ड प्रणालीबाट खानी उत्खनन् हुन्छ । अर्थात जमिनमुनि बसेर उत्खनन गरिन्छ । खानी उत्खनन्लाई ध्यानमा राखेर मजदुरहरुले केही वर्ष पहिले घर बनाएर बस्न सुरु गरेका थिए । अहिले जमीनको मुनि यी घरहरुमा सबै सुख–सुविधाहरु उपलब्ध छन् ।
यहाँ करिब १५०० वटा यस्ता घरहरु निर्माण गरिएका छन् । जसमा ३५०० भन्दा बढी परिवारहरु बस्ने गर्छन् । यी घरहरुलाई ‘डग आउट्स’ भनिन्छ । यहाँ गर्मी मा न त एसी चाहिन्छ । न हिउँदमा हिटर चाहिन्छ । जमीनमुनि सधै तापक्रम एउटै अनुकुल हुने गर्दछ । अण्डरग्राउण्ड घरहरुका साथै यहाँ स्टोर, बार, क्यासीनो, म्यूजियम र चर्चका साथै धेरै संरचनाहरु निर्माण भएका छन् । यहाँ कयौं हलिवुड फिल्म समेत शुटिङ भएका छन् । ‘पिच ब्लैक’ नामको फिल्म पनि यही शुटिङ भएको थियो । ‘पिच ब्लैक’ शुटिङ भएपछि यो ठाउँको विशेषता बाहिर आएको समाचार एजेन्सीले जनाएका छन् । अहिले यो क्षेत्र पर्यटकीय नगरी बनेको छ । यहाँ दिनहुँ पर्यटक पुग्ने गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु