स्वास्थ्य / शिक्षा

परिवार नियोजनसम्बन्धी कार्यक्रममा किशोरीहरुको सहभागिता बढ्दै

काठमाडौं, १ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सा र नेपाल परिवार स्वास्थ्य कार्यक्रमले युवा तथा किशोरकिशोरीका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न थालेपश्चात् जनसङ्ख्या, व्यवस्थापन, प्रजनन स्वास्थ्य एवम् परिवार नियोजनसम्बन्धी कार्यक्रममा किशोरीहरुको सहभागितामा वृद्धि हुदै गएको पाइएको छ । किशोरकिशोरीको उमेरमा वृद्धिसँगै शरीरको अङ्गमा आउने परिवर्तन र यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका बारेमा साथीसङ्गीसँग कुरा […]

२०७२ फाल्गुन १ गते, शनिबार

अनेरास्ववियुको राष्ट्रिय सम्मेलनको बन्द सत्र शुरु हुदै

काठमाडौ, २९ माघ । एमाले भ्रातृ संगठन अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलन आज पनि जारी रहनेछ । आज बिहान ११ बजेदेखि सम्मेलनको बन्द सत्र शुरु गरिने भएको छ । ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार , सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा रहेको सम्मेलनमा देशभरबाट १५ सय प्रतिनिधि रहेको अनेरास्ववियूले जनाएको […]

२०७२ माघ २९ गते, शुक्रबार

केराको बोक्रा क्यान्सर उपचारका लागि उपयोगी

काठमाडौं, २७ माघ । स्वीजरल्याण्डको ल्याबुरेटरी अफ फिजिकल एण्ड एनालिटिकल एलेक्ट्रोक्यामेस्ट्रीका वैज्ञानिकले गरेको गरेको अध्ययन अनुसार केराको बोक्रा मानिसको छालामा हुने क्यान्सरको उपचारका लागि उपयोगी हुने देखिएको छ । छिप्पिएको तथा पाकेको केराको बोक्रामा हुने खैरो तथा कालो भाग छालाको क्यान्सरको उपचारका लागि उपयोगी हुने वैज्ञानिकले बताएका छन् । छिप्पिएको केराको बोक्रामा हुने खैरो तथा […]

२०७२ माघ २७ गते, बुधबार

एक दिन पछि सर्‍यो अनेरास्ववियूको महाधिवेशन

काठमाडौं, २६ माघ । अनेरास्ववियूको महाधिवेशन एक दिन पछि सरेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सुशील कोइरालाको निधनका कारण एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन उदघाटन समारोह एक दिन पछि सरेको हो । बुधबार हुने भनिएको उदघाटन बिहीबारसम्म सारिएको बताइएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने अनेरास्ववियुको महाधिवेशनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय […]

२०७२ माघ २६ गते, मंगलवार

दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु

काठमाडौ, २४ माघ । बाल स्वास्थ्य महाशाखाले आजदेखि दादुरा र रुवेला विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । अभियान अन्तर्गत सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलका ३३ जिल्लामा दादुरा र रुवेला विरुद्धको खोप लगाइने महाशाखाले जनाएको छ । पहिलो चरणमा भुकम्पबाट अति प्रभावित १४ जिल्लामा खोप अभियान संचालन गरिएको थियो । दोस्रो चरणमा भने ३३ जिल्लाका […]

२०७२ माघ २४ गते, आईतवार

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

काठमाडौं, २३ माघ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा एकलौटी निर्णय गरिएको भन्दै तालाबन्दी गरेको छ । विश्वविद्यालयका सबै प्राध्यापक सङ्घ र विद्यार्थी सङ्गठनसँग छलफलनै नगरी एकलौटी रुपमा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतले भागबन्डाका आधारमा डिन, रजिस्ट्रार र परीक्षा नियन्त्रक नियुक्त गरेकाले त्यसको विरोधमा तालाबन्दी […]

२०७२ माघ २३ गते, शनिबार

सुनसरी बर्डफ्लुको जोखिममा

काठमाडौं, २२ माघ । जिल्ला पशुसेवा कार्यालय सुनसरीले सुनसरीका १२ वटा गाविस बर्डफ्लुको उच्च जोखिममा रहेको जनाएको छ । सदरमुकाम इनरुवामा बिहीबार सम्पन्न चोरीपैठारी नियन्त्रण कार्यक्रममा कार्यालय प्रमुख शिवनाथ महतोले सुनसरीका सीमा क्षेत्रसँग जोडिएका १२ वटा गाविसमा बर्डफ्लुको खतरा नरहे पनि सीमा नाकाका कारण १२ गाविस बर्डफ्लुको चपेटामा प्रत्यक्ष पर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन […]

२०७२ माघ २२ गते, शुक्रबार

आज विश्व क्यान्सर दिवस

काठमाडौ, २१ माघ । आज विश्व क्यान्सर दिवस, हामी सक्छौं र म सक्छु भन्ने नाराका साथ नेपालमा पनि विभिन्न गैरसरकारी तथा सरकारी निकायले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदैछन् । दिवसको यसवर्षको नारा हामी सक्छौं र म सक्छु भन्ने तय गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अर्थात क्यान्सर बारे बुझेर समयमै उपचार गरे क्यान्सर निको […]

२०७२ माघ २१ गते, बिहीबार

चौवासमा सचेतना कार्यक्रम

काठमाडौं, २० माघ । महिला तथा बालकालिका सेवा केन्द्र काभ्रेद्धारा स्वास्थ्य चौकी चौवासमा मंगलबार महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले नागरिकबाट उठेका जिज्ञासाहरुको सुनुवाई र संबोधन गर्नु भई पीडितलाई कानून वमोजिम न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्थानीय […]

२०७२ माघ २० गते, बुधबार

पतिको सम्झनामा क्याम्पसलाई रु एक करोड सहयोग

काठमाडौं, २० माघ । मुस्ताङको एक क्याम्पस सञ्चालनार्थ पोखरा–१६ दिपकी निराला तुलाचनले आफ्नो स्वर्गीय पतिको सम्झनामा रु एक करोड सहयोग गर्नुभएको छ । सदरमुकाम जोमसोममा अवस्थित जनहित बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि तुलाचनले उक्त राशिको सहयोग गर्नुभएको हो । पूख्र्यौली घर कुञ्जो गाविसमा भए पनि तुलाचन परिवार लामो समयदेखि पोखराको दीपमा बस्दै आएका छन् […]

२०७२ माघ २० गते, बुधबार