परिवार नियोजनसम्बन्धी कार्यक्रममा किशोरीहरुको सहभागिता बढ्दै

२०७२ फाल्गुन १ गते, शनिबार

काठमाडौं, १ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सा र नेपाल परिवार स्वास्थ्य कार्यक्रमले युवा तथा किशोरकिशोरीका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न थालेपश्चात् जनसङ्ख्या, व्यवस्थापन, प्रजनन स्वास्थ्य एवम् परिवार नियोजनसम्बन्धी कार्यक्रममा किशोरीहरुको सहभागितामा वृद्धि हुदै गएको पाइएको छ । किशोरकिशोरीको उमेरमा वृद्धिसँगै शरीरको अङ्गमा आउने परिवर्तन र यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका बारेमा साथीसङ्गीसँग कुरा गर्नेमात्र होइन अभिभावकसँग सल्लाह गरेर समाधानसमेत गर्न थालेका छन् । “आफ्नो शरीरका अङ्गमा भएको परिवर्तन र रजस्वला ह“ुदा आफ्नै परिवारका सदस्यलाई भन्न नसकेको तीतो अनुभव सङ्गालेकी बिरुवागुठी गाविसकी लक्ष्मी श्रेष्ठ यौन र प्रजनन स्वास्थ्यबारे घन्टौँसम्म बहस गर्नसक्ने भएकी छिन् ।”
यौन र प्रजनन स्वास्थ्यबारे खुलस्त भएर निर्धक्कका साथ कुरा गर्ने श्रेष्ठ रजस्वला हुने समयमा महिलालाई हुने गरेको पीडा र परम्परागत विचारका कारण कैयौँ किशोरीको पढाइ तथा शरीरमा बाधा व्यवधान उत्पन्न हुने गरेको बताउछिन् ।
“यौन र प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावका कारण महिलाको प्रजनन स्वास्थ्यमा समेत ठूलो समस्या पर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत सचितानन्द सिंह बताउछन ।”
विद्यालय तथा उच्च शिक्षामा यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा दिइने भए पनि खुलेर जानकारी पाउने स्थिति छैन । यस्तो सन्दर्भमा युवा तथा किशोरकिशोरीलाई सोही उमेरका किशोरकिशोरीबाट दिइने शिक्षा उनीहरूको समस्या समाधान गर्न प्रभावकारी हुने वताइएको छ ।
आफ्नो उमेरको वृद्धिसँगै शरीरको अङ्गमा हुने परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावबाट किशोरी मात्र होइन, किशोरसमेत पीडित हुने रहेको छन्, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अर्का जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसिया वताउछन ।
सरकारले सुरक्षित गर्भपतनको व्यवस्था गरेपछि स्वास्थ्य सेवा संस्थामा गर्भपतन गर्न आउनेको सङ्ख्यामा समेत वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रियाहरु