अनेरास्ववियुको राष्ट्रिय सम्मेलनको बन्द सत्र शुरु हुदै

२०७२ माघ २९ गते, शुक्रबार

काठमाडौ, २९ माघ । एमाले भ्रातृ संगठन अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलन आज पनि जारी रहनेछ । आज बिहान ११ बजेदेखि सम्मेलनको बन्द सत्र शुरु गरिने भएको छ । ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार , सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा रहेको सम्मेलनमा देशभरबाट १५ सय प्रतिनिधि रहेको अनेरास्ववियूले जनाएको छ । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार अध्यक्षलगायतका पदमा सहमति गर्ने प्रयास भइरहे पनि अहिलेसम्म सहमति नभएकाले निर्वाचन प्रक्रिया शुरु गरिनेछ ।
नयाँ नेतृत्व चयन गर्दै फागुन १ गते सम्मेलन सकिने यसअघि नै तय गरिएको छ । आगामी नेतृत्वका लागि अध्यक्षमा अध्यक्ष केपी ओली पक्षबाट नवीना लामा र नेता माधवकुमार नेपाल पक्षबाट दीपक गौतमले दाबी गरेका छन । अन्य पदहरुमा पनि दुईपक्षीय रुपमै उम्मेदवारीको घोषणा भएका छन् ।

प्रतिक्रियाहरु