कला तथा साहित्य

आज मोति जयन्ती

काठमाडौ, २७ भदौ । आज नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रुपमा मनाइने गरिएको हो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका भट्टले कथा, […]

२०७२ भाद्र २७ गते, आईतवार

तिमीलाई के भनौं ? – श्यामकुमार बुढा

चोर भनौं कि ठग तिमिले त छलकपट मात्र गर्यौ । डाँका भनौं कि लुटेरा तिमिले त बेईमानी मात्र गर्यौ । पागल भनौं या बौलाहा तिमिले त फगतमा बर्बराउने मात्र गर्यौ । कायर भनौं या काँतर तिमीले त अचेल घुँडामात्र टेक्छौ । बेश्या भनौं या पातर तिमी त अचेल लम्पसारमात्र पर्छौ । पातकी भनौं कि पापी […]

२०७२ भाद्र २५ गते, शुक्रबार

प्रेमध्वजलाई ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’

काठमाडौँ । श्रुति सङ्गीत विद्यालयले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई आज ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’ प्रदान गरेको छ । त्यसैगरी, गायक आनन्द कार्की, देविका वन्दना तथा गीतकार रमण घिमिरेलाई श्रुति सङ्गीत सम्मान प्रदान गरिएको छ । नेपाली गायन तथा सङ्गीतको क्षेत्रमा योगदान पुयाएबापत प्रधानलाई अभिनन्दन सहित नगद रु २५ हजार ५०० प्रदान गरियो भने तथा अन्यलाई […]

२०७२ भाद्र २० गते, आईतवार

पत्रकार सञ्जय सौगातको ‘अहिलेको तीजमा संगै बसम भो’ सार्वजनिक

काठमाण्डौ । पत्रकार सधै समाजमा राम्रो नराम्रो के भएको छ भन्दै समाचार खोज्दै हिड्छन् र राम्रो नराम्रो जे भएपनि तुरुन्त समाचार बनाइहाल्छनु र छाप्छन । त्यस्तै समाचार छाप्ने पत्रकार मध्येका एक पत्रकार सञ्जय सौगात अहिले आफै समाचारको पात्र बनेका छन । बुटवलमा रहेर लामो समयदेखि निरन्तर रंग पत्रकारीता गर्दै आएका पत्रकार संजय सौगातले गायिका शान्ता […]

२०७२ भाद्र ११ गते, शुक्रबार

“नाफाको जिन्दगी” जनयुद्धकालीन उत्कृष्ट साहित्य’

काठमाडौ, ९ भदौ । संवाद डबलीका अध्यक्ष दीपेन्द्र रोकायाको संस्मरणात्मक कृति नाफाको जिन्दगीमाथि विभिन्न कोणबाट समीक्षा भएको छ । बुधबार भृकुटीमण्डपमा बुक आर्ट नेपालद्धारा आयोजित अन्तरक्रियामा उक्त पुस्तकका समीक्षकहरुले पढ्नै पर्ने पुस्तकका रुपमा ब्याख्या गरे । उनीहरुले भने, “जनयुद्धकालीन उत्कृष्ट साहित्यका रुपमा नाफाको जिन्दगीलाई लिन सकिन्छ ।” नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य “किरण”ले जनयुद्धबाट बाँचेका सबैको […]

२०७२ भाद्र ९ गते, बुधबार

उपन्यास तादी किनारको गीतको अंश – महेश पौड्याल

दुखिनीले नयाँ साडी लगाइ— लखुमले बिहेमा किनिदिएको । बिकवालाई पनि सबैभन्दा राम्रा लुगा लगाएर तयार पारी । लखुमले भने नयाँ लुगा लाइरहनुपर्ने खासै केही देखेन । उही पुराना दौरा–सुरुवाल र टोपी लागाएर जाने निधो ग¥यो । पोका पनि त्यति धेरै कहाँ थिए र ! केही पुराना ओड्ने–ओछ्याने, केही भाँडाकुँडा र अलिकति सुकेका माछा । सुन […]

२०७२ भाद्र ६ गते, आईतवार

नन्दु राईको सुसेली सार्वजनिक हुदै

काठमाडौँ । धन कमाउने सपना बोकी परदेसिएका नेपालीहरु आफ्नो रुचिको क्षेत्रमा लागेर दामको साथसाथै नाम पनि कमाइरहेका छन् । विगत आठ वर्षदेखि दुबईमा काम गरिरहेका भेडेटार– २, धारापानी, धनकुटाका नन्दु राई गीतको माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका छन् । बाल्यकालमै रेडियोमा बजेका गीतहरु र गाउँगाउँ गीत गाउदै हिँड्ने गाइनेहरुका गीतहरु हुबहु गाउने उनको गायक बन्ने […]

२०७२ श्रावण ३० गते, शनिबार

उद्योगमन्त्री बस्नेतको ‘म महेश’ सार्वजनिक

काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतको ‘म महेश’ नामक संस्मरण बुधबारदेखि बजारमा आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा एमालेका युवा नेता एवं उद्योगमन्त्री बस्नेतको ‘म महेश’ पुस्तकको विमोचन गरेका हुन् । सो अवसरमा ओलीले मन्त्री बस्नेतको कार्यशैलीको चर्चासमेत गरेका थिए । पुस्तकमा मन्त्री बस्नेतले आफ्नो बाल्यकाल, विद्यार्थी जीवन, राजनीतिक यात्राका […]

२०७२ श्रावण २८ गते, बिहीबार

‘जुनदिन सपनाहरूको हत्या गरियो’ – भौतिक मल्ल जंगली

सपना बिनाको जिन्दगी जिन्दगी रहन सक्दैन सपनाहरूको मृत्यु सबैभन्दा बढी पीडादायी हुनेगर्छ । योभन्दा बढी पीडा अरु के नै हुनसक्छ र जिवनमा जब दिनदहाडै सपनाहरूको क्रुर हत्या हुन्छ । आफनो भन्ने आफनोपन पनि हराएर जान्छ स्वाभिमान पनि बिलाएर जान्छ । जनयुद्ध एक सपना थियो सपनाहरको रंगीन टावर थियो । डिएर ! रातीको बाह्र बजेको हुँदो […]

२०७२ श्रावण २३ गते, शनिबार

‘नेपालका विश्वकोश’कृति प्रकाशित

काठमाडौँ । विद्वान् हेमराज शर्माबारे उनको निधनको ६२ वर्षपछि ‘नेपालका विश्वकोश’शीर्षकमा पुस्तक प्रकाशन भएको छ । पत्रकार व्याकुल पाठकले शर्माबारे उपलब्ध सामग्री र विभिन्न व्यक्तिसँग अन्तर्वार्ताका आधारमा जीवनी पुस्तक तयार पारेका हुन् । नेपालमा राणा शासन कायम रहेका बेला करिब ५० वर्ष शर्माले सरकारको प्रमुख सल्लाहकारका रूपमा काम गरेका थिए । प्रशासनिक काममा सरकारलाई सल्लाह […]

२०७२ श्रावण १६ गते, शनिबार