प्रवास

इरान र इराकको सीमा क्षेत्रमा ७ . ३ म्याग्नेच्युटको भूकम्प

काठमाडौं, २७ कात्तिक । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १२९ जनाको मृत्यु भएको छ । इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ३ म्याग्नेच्युटको भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भूकम्पपछि दुवै देशका […]

२०७४ कार्तिक २७ गते, सोमबार

दिल्लीमा जनस्वास्थ्य संकटकाल

काठमाडौं, २३ कात्तिक । वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँदिल्लीमा बिहीबार पनि समस्या यथावत रहेको छ । भारतीय सहर नयाँदिल्लीमा वायु प्रदूषणको समस्या नघटेपछि बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँदिल्लीमा बिहीबार पनि समस्या यथावत रहेको छ । उक्त प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदन्डभन्दा ७० गुणासम्म बढी रहेको पाइएको छ […]

२०७४ कार्तिक २३ गते, बिहीबार

यात्रुलाई दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि

काठमाडौं, २३ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि त्यसको छानबिनका लागि सरकारले छानबीन समिति गठन गरेको छ । करिब महिना दिन अघि भारतको चेन्नइबाट नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका एकजना यात्रुलाई विमानस्थल मै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुव्र्यबहार गरेका थिए । […]

२०७४ कार्तिक २३ गते, बिहीबार

मोदीद्वारा कांग्रेसलाई ‘धमिरा’को संज्ञा

काठमाडौं, १९ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कांग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन् । उत्तर भारतको हिमाञ्चल प्रदेशको कांगडामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा दिँदैे आलोचना गरेका हुन् । भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो […]

२०७४ कार्तिक १९ गते, आईतवार

अवैध बाटोबाट अमेरिका !

काठमाडौं, १४ कात्तिक । अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका […]

२०७४ कार्तिक १४ गते, मंगलवार

श्रम कानुनमा सुधार गर्ने कतारको घोषणा

काठमाडौं, ९ कात्तिक । कतार सरकारले अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अगाडि आफ्नो श्रम कानुनमा सुधार गर्ने निर्णय गरेको छ। यसअन्तर्गत कतारमा काम गर्ने श्रमिकले प्राप्त गर्ने पारिश्रमिकको न्युनतम दर तय गरिनेछ । अन्तर्राष्ट्रिय समुदायमा कतारमा काम गरिरहेका नेपालीसहितका आप्रवासी मजदुरको स्थिति नाजुक रहेको विषयमा कतार सरकारको निन्दा भइसकेको छ। अन्तर्राष्ट्रिय मजदुर संगठनले […]

२०७४ कार्तिक ९ गते, बिहीबार

क्याम्ब्रियन गस्ती अभ्यास २०१७ मा नेपाली सेनालाई स्वर्णपदक

काठमाडौं, ६ कात्तिक । संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सन्चालन भएको क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार उक्त अभ्यास असोज २७ देखि आइतबार (आज)सम्म सन्चालन भएको थियो । उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत […]

२०७४ कार्तिक ६ गते, सोमबार

‘क्याटलोनिया देशको महत्वपूर्ण भाग’

काठमाडौँ, ४ कात्तिक । स्पेनका राजा फेलिपे छैठौंले क्याटलोनिया देशको महत्वपूर्ण भाग रहेको र रहिरहने प्रष्ट पारेका छन् । देशको उत्तरी शहर ओविएदोमा भएको एक समारोहमा राजा फेलिपेले क्याटलोनिया सरकारले सृजना गरेको समस्यालाई केन्द्र सरकारले प्रजातान्त्रिक ढंगले समाधान गर्न चाहेको बताए । क्याटलन विवादमा राजा फिलिपे छैठौले मुख खोलेको यो दोस्रो पटक हो । स्पेनबाट […]

२०७४ कार्तिक ४ गते, शनिबार

एनआरएनका ‘इलिट’ हरूका नाममा – दीपकराज जोशी

यसबेला गैरआवसीय नेपालीहरूको अधिवेशनका लागि तपाईंहरूमध्ये केही नेपाल आउनुभएको छ । अरू कतिपय आउन पाउनुभएको छैन । नेपालबाहिर बसे पनि तपाईंहरू नेपालको बारेमा सोच्नुहुन्छ, नेपालको राम्रो भएको देख्न चाहनुहुन्छ र नेपालको बारेमा राम्रो सुन्न चाहनुहुन्छ । तर, एनआरएनमा केही ‘इलिट’हरू पनि छन् जो फेसबुकमा ‘राष्ट्रवाद’ प्रदर्शन गर्छन्, अर्ती उपदेश दिन्छन्, नेपालका नेता र पद्धतिलाई सत्तोसराप […]

२०७४ कार्तिक २ गते, बिहीबार

दार्जि्लिङमा पुन हिंसा भड्कियो

काठमाडौं , २७ असोज । दार्जि्लिङमा पुन हिंसा भड्किएको छ । आज बिहान दार्जि्लिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र विमल गुरुङ पक्षका आन्दोलनकारी बीच झडप हुँदा एक सुरक्षाकर्मी सहित २ जनाको मृत्यु भएको हो । विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले आज बिहानै देखि खोजी अभियान तीव्र पारेको थियो । सोही क्रममा प्रहरीका इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु […]

२०७४ आश्विन २७ गते, शुक्रबार