दार्जि्लिङमा पुन हिंसा भड्कियो

२०७४ आश्विन २७ गते, शुक्रबार

काठमाडौं , २७ असोज । दार्जि्लिङमा पुन हिंसा भड्किएको छ । आज बिहान दार्जि्लिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र विमल गुरुङ पक्षका आन्दोलनकारी बीच झडप हुँदा एक सुरक्षाकर्मी सहित २ जनाको मृत्यु भएको हो । विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले आज बिहानै देखि खोजी अभियान तीव्र पारेको थियो । सोही क्रममा प्रहरीका इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु भएको हो । झडपमा मारिएका आन्दोलनकारीको भने सनाखत हुन नसकेको छैन् । घटनामा अन्य दर्जन भन्दा बढी घाइते भएका छन् । आन्दोलनकारीले सुरक्षाकर्मीको गाड़ी पनि तोडफोड गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु