प्रवास

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित

काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित भएको छ । काठमाडौंको हायत होटलमा हुने नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा यस पटकदेखि १२ पदमा ४२ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । संघको निर्वाचन समितिका अनुसार विश्व सम्मेलनबाट ४२ जना उम्मेदवार चुनिने छन् । विधानको नयाँ व्यवस्थाअनुसार संघको अध्यक्ष […]

२०७६ आश्विन २७ गते, सोमबार

आतङ्कवादीद्वारा नयाँ दिल्लीमा आक्रमण गर्ने चेतावनी

काठमाण्डौं , १६ असोज । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रहरीले हमलाको सूचना पाएको बताए पनि […]

२०७६ आश्विन १६ गते, बिहीबार

राष्ट्रसंघका महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा

काठमाण्डौं , १४ असोज । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसंघ प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रसंघको ७४औँ महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव […]

२०७६ आश्विन १४ गते, मंगलवार

के विदेशीएका नेपालीहरुले बोल्नै नपाउने हो त ? – अनिलभक्त खरेल

आफ्नी धर्मपत्नी पवित्राकुमारी मैनालीको घच्घच्यायटका कारण झण्डै ९ वर्षको अन्तरालपछि नेपालमा भएका राजनीतिक विसंगतिका बारेमा ५।६ वटा लेख रचना के लेखेको थिए कसै कसैको निद हराम भयो । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धम्कीपुर्ण स्वरहरु आउन थाले । कोही कोही त अन्तर्राष्टिय अदालतमा मुद्दा हाल्छु भनेर डुक्री बसेका छन् । के यो नेपाल भन्ने देश सत्ताको […]

२०७६ आश्विन १२ गते, आईतवार

इमरान खान अमेरिका प्रस्थान , ट्रम्पसँग भेट्ने

काठमाडौं , ६ असोज । साउदीका राजकुमारको प्लेनमा चढेर पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिका उढेका छन् । साउदी भ्रमण गर्दै संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन गएका खानलाई साउदीका राजकुमारले नै आफ्नै जहाजमा पठाएका हुन् । आईतबार उक्त प्लेन चडेर प्रधानमन्त्री खान अमेरिका उडेको बताईएको छ । सुरुमा खान कमर्सियल जहाजमा जाने भनिएतापनि राजकुमार मोहम्मद […]

२०७६ आश्विन ६ गते, सोमबार

पाकिस्तानद्वारा भारतको अनुरोध अस्वीकृत

काठमाडौं, २ असोज । कश्मीर विवादका कारण सम्बन्ध चिसिएकै बेलामा भारतले गरेको एउटा अनुरोधलाई पाकिस्तानले अस्वीकार गरिदिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीका अनुसार भारतले पाकिस्तानसँग प्रधानमन्त्री नरेन्द्र मोदी सवार हुने विमानका लागि ‘एयरस्पेस’ माग गरेको थियो । पाकिस्तानले भारतको उक्त अनुरोधलाई अस्वीकार गरेको विदेशमन्त्री कुरेसीले बताए । भारतीय प्रधानमन्त्री मोदी २१ सेप्टेम्बरमा जर्मनी […]

२०७६ आश्विन २ गते, बिहीबार

भारत र चीनका सेनाबीच ‘मुक्कामुक्की’

काठमाडौं, २६ भदौ । भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा झडप भएको छ । भारतीय पत्रिका टाइम्स अफ इण्डियाका अनुसार भारतीय र चिनियाँ सैनिक लद्धाखको सीमा क्षेत्रमा झडपमा उत्रिएका हुन् । पत्रिकाका अनुसार हिजो पूर्वी लद्धाखमा भारतीय सेना गस्तीमा गएका बेला चीनका सेनासंग धेरै बेरसम्म धकलाधकेल र मुक्कामुक्की भएको थियो । चिनियाँ सेनाले यस क्षेत्रमा […]

२०७६ भाद्र २६ गते, बिहीबार

वृद्धको भेषमा अमेरिका जान लागेका युवक पक्राउ

काठमाडौं, २४ भदौ । ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको हो । समाचार एजेन्सीहरुका अनुसार उनी अर्काको नामको राहदानी प्रयोग गरेर अमेरिका जान […]

२०७६ भाद्र २४ गते, मंगलवार

पटका कारखानामा विस्फोट : २३ को मृत्यु, २७ घाइते

काठमाडाैँ, १९ भदाै । भारतको एक पटका कारखानामा विस्फोट हुदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् भने अन्य २७ जना घाइते भएकाे बताइएकाे छ । याे विस्फाेटन सन् २०१७ पछिकै ठूलाे मानिएकाे छ । ५० जना मजदुरहरूकाे कारखाना भवनकाे भत्किदा गाडिएका कारणा मृतककाे संख्या अझै बढ्न सक्ने जनाइएकाे छ । घाइतेमध्ये […]

२०७६ भाद्र १९ गते, बिहीबार

भारतीय सेनाद्वारा कश्मीरका सर्वसाधारणलाई कुटपिट

काठमाडाैँ, १३ भदाै । जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको बताइएको छ । भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षाकर्मीले टेलिफोनका तारले कुटपिट गरेको र करेन्टसमेत लगाएर याताना दिएको पीडितहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । भारतीय सुरक्षाकर्मीहरुले आफूहरुको […]

२०७६ भाद्र १३ गते, शुक्रबार