प्रवास

पानी नपाएकाे झाेकमा छुरा प्रहार !

काठमाडौं,४ असार । भारतकाे छैटौँ ठूलो शहर चेन्नाईमा पानीकाे हाहाकार भएकाे छ । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पछिल्ला केही हप्तादेखि पानीको चरम अभाव उत्पन्न भएको हाे । पानीकाे हाहाकार भएपछि शहरका धेरै होटल र रेष्टुराँ अस्थायी रूपमा बन्द गरिएको छ । पानी जोगाउनका लागि रेल […]

२०७६ असार ४ गते, बुधबार

लिची खाँदा १०० बालबालिकाको मृत्यु !

काठमाडौं, ३ असार । भारतकाे विहारमा लिची खाँदा मृत्यु हुने बालबालिकाकाे संख्या सय पुगेकाे छ । स्वास्थ्यकर्मीहरुले लिचीमा हुने विषाक्त पदार्थले मस्तिष्कमा असर पार्दा बालबालिकाको मृत्यु भएको बताएका छन् । विहारको स्वास्थ अधिकारीले कडा खालको इन्सेफलाईटीसको कारण ४७ बालबालिकाको मृत्यु भएको बताएका छन् । केही अमेरिकी अनुसन्धानकर्ताहरूले इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) भाइरस तथा लिचीमा पाइने एक […]

२०७६ असार ३ गते, मंगलवार

५.३ रेक्टर स्केलको भुकम्प : १२ को मृत्यु, १ सय भन्दा बढी घाइते

काठमाडौँ, ३ असार । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा आएको भुकम्पका कारण कम्तिमा १२ को मृत्यु भएको छ । सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो । भुकम्पका कारण अन्य सय भन्दा बढी मानिस घाइते भएका छन् । प्रान्तीय राजधानी चेंगदुमा चेतावनी […]

२०७६ असार ३ गते, मंगलवार

जनप्रगतिशिल मोर्चा कतार सातौ अधिवेशनको तयारीमा

काठमाडौं, ३२ जेठ । नेपाली जनप्रगतिशिल मोर्चा कतारले सातौ अधिवेशनक लागि आयोजक समिती गठन गरेको छ । जुन १४ तारिख नेपाली जनप्रगतिशिल मोर्चा कतार केन्द्रिय समितीको बैठकले सो निर्णय गरेको बतैएको छ । बैठकमा छैठौं अधिवेशनदेखि हालसम्मको उपलब्धि, सम्भावना र चुनौतीहारुकाबारे जोडदार समिक्षा गर्दै ऐतिहासिक सफलता हात पारेको ठहर गरेको छ। साथै २ बर्षे कार्यकाल […]

२०७६ जेष्ठ ३२ गते, शनिबार

भारतप्रति पाकिस्तान उदार

काठमाडौं, २८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पाकिस्तानले आफ्नो हवाई मार्ग उपलब्ध गराउने भएको छ । भारतीय प्रधानमन्त्री मोदी किर्गिस्तान भ्रमणमा जानका लागि भने पाकिस्तानी हवाई मार्ग प्रयोग गर्न सक्ने पाकिस्तानले जनाएको छ । यसअघि भारतीय अधिकारीहरुले मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन पाकिस्तानसमक्ष आग्रह गरेका थिए । भारतको आग्रहअनुसार […]

२०७६ जेष्ठ २८ गते, मंगलवार

लोकेन्द्रबहादुर चन्दको हत्या !

काठमाडौं, २५ जेठ । लोकेन्द्रबहादुर चन्दको हत्या भएको छ । भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय चन्दको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले दिएको जानकारी अनुसार, भारतमा मजदूरी गर्दै आएका चन्दको जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार […]

२०७६ जेष्ठ २५ गते, शनिबार

भारतीय वायुसेनाको विमान बेपत्ता

काठमाडौं, २१ जेठ । भारतीय वायुसेनाको बेपत्ता भनिएको एक विमानको अवस्था २० घण्टा बित्दासमेत पत्ता लाग्न सकेको छैन । सोमबार स्थानीय समयानुसार दिउँसो करिब एक बजेबाट सम्पर्कविहीन भएको विमानको अवस्था अझै पत्ता लाग्न नसकेको हो । असमको जोराहटबाट अरुणाचलको मेनचुकाका लागि उडेको सो विमानमा १३ जना सवार रहेको बताइएको छ । विमान बेपत्ता भएलगत्तै सोमबार […]

२०७६ जेष्ठ २१ गते, मंगलवार

नेपाली बालक ‘सारेगमप लिटिल च्याम्प’मा तहल्का मच्चाउँदै

काठमाडौं, २१ जेठ । भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी पनि सर्वोत्कृष्ट हुने बाटोमा अग्रसर हुँदै छन् । भारतीय टेलिभिजन च्यानल जी टिभीले गत फेब्रुअरी ९ बाट सुरु गरेको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा सहभागी दुई नेपाली […]

२०७६ जेष्ठ २१ गते, मंगलवार

तियानमेन स्क्वायरमा गोलीकाण्ड भएको ३० बर्ष पूरा

काठमाडौं, २० जेठ । चीनको तियानमेन स्क्वायरमा गोलीकाण्ड भएको आज ३० बर्ष पूरा भएको छ । सोही दिनको सम्झनामा आज चीनका लाखौं जनता राजधानी बेइजिङमा भेला भएका छन् । सन् १९८९ मा चीनका बिद्यार्थी र मजदुरहरुको जमातले प्रजातन्त्रको माग गर्दै विशाल विरोध प्रदर्शन गरी राजधानी बेइजिङको तियानमेन स्क्वायर कब्जा गरेको थियो । ६ सातासम्म चलेको […]

२०७६ जेष्ठ २० गते, सोमबार

मोदीको शपथग्रहण हुदै

काठमाडौं, १६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि आज शपथ लिँदैछन् । स्थानीय समयानुसार साँझ ७ बजे राष्ट्रपति भवनमा उनको शपथ ग्रहण कार्यक्रम हुनेछ । मोदीको शपथग्रहण समारोहमा सहभागी हुनका लागि विभिन्न मुलुकका सरकारप्रमुखलाई आमन्त्रण गरिएको छ । तर केही स्वदेशी अतिथि भने शपथग्रहण समारोहमा सहभागी नहुने भएका छन् । तीमध्ये एक […]

२०७६ जेष्ठ १६ गते, बिहीबार