प्रवास

‘जनयुद्ध दिवस मनाउने प्रचण्डको नैतिक आधार छैन’

काठमाडौं, ३ फागुन । नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्युरो मध्यपूर्व जिल्लाअन्तर्गत नेपाली जनप्रगतिशील मोर्चा साउदीले संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ल्याउन प्रवासका मजदुर एक हौँ भन्ने मूल नाराका साथ २५ औँ महान् जनयुद्ध दिवस मनाएको छ । नेपाली जनप्रगतिशील मोर्चा साउदीले शुक्रबार रियादमा विशेष कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि […]

२०७६ फाल्गुन ३ गते, शनिबार

प्रवासी नेपाली जनसमाज भारतद्वारा एमसीसीको कडा विरोध

काठमाडौँ, २९ माघ । प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय समितिले अमेरिकाले नेपालमा लाद्न खोजेको एमसीसीको कडा शब्दमा विरोध गरेको छ । जनसमाजका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको विरोध गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो माभृभूमि नेपाल भौगोलिक हिसाबले सानो मुलुक भए पनि […]

२०७६ माघ २९ गते, बुधबार

दिल्ली विधानसभा चुनावको मतगणना : आम आदमी पार्टी अगाडि

काठमाडौँ, २८ माघ । दिल्ली विधानसभा चुनावको मतगणना आजबाट शुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजाहरुमा अरविन्द केजरीवाल नेतृत्वको सत्तासिन आम आदमी पार्टी अगाडि देखिको छ । प्रतिष्पर्धी मानिएको भारतीय जनता पार्टी भाजपा दोश्रो स्थानमा रहेको छ भने भारतीय काँग्रेस तेस्रो स्थानमा रहेको छ । विधानसभाको चुनावमा आम आदमी पार्टीले नै नयाँ सरकार गठन गर्ने […]

२०७६ माघ २८ गते, मंगलवार

जनप्रगतिशील मोर्चा पोर्चुगलको साधारण सभा फेब्रुअरी १६ मा

काठमाडौं, २२ माघ । नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको दोस्रो बार्षिक साधारण सभा आगामी फेब्रुअरी १६ मा पोर्चुगलको राजधानी लिस्बनको आन्जोसमा अवस्थित एभरेष्ट रेष्टुरेन्टमा हुने भएको छ । यो अधिवेशनबाट जन प्रगतिशील मोर्चा पोर्चुगलले आगामी १ बर्षको लागि आफ्नो कार्ययोजना बनाउने भएकोले मोर्चाका युरोप क्षेत्रीय अध्यक्ष बिष्णु भुजेल र महासचिब डा. सुबर्ण सापकोटालगायत मोर्चाका युरोप क्षेत्रका […]

२०७६ माघ २२ गते, बुधबार

अयोध्यामा राम मन्दिर बनाउन ट्रस्ट गठन

काठमाडौं, २२ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर बनाउनका लागि स्वायत्त ट्रस्ट गठन गरेका छन् । बुधबार लोकसभामा सम्बोधन गर्दै उनले अयोध्यामा राम मन्दिर निर्माणका लागि स्वायत्त ट्रस्ट गठन गरेको जानकारी दिएका हुन् । सर्वोच्च अदालतले दिएको आदेश अनुसार नै राम मन्दिर बनाउन स्वायत्त ट्रस्ट गठन गरिएको जानकारी प्रधानमन्त्री मोदीले लोकसभामा गराएका […]

२०७६ माघ २२ गते, बुधबार

जनप्रगतिशील मोर्चा साउदीद्वारा सामना परिवारलाई गितार उपहार

काठमाडौं , १९ माघ । नेपाली जनप्रगतिशील मोर्चा साउदीको क्षेत्रीय समिति दमामले अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारलाई गितार उपहार प्रदान गरेको छ । नेपाली जनप्रगतिशील मोर्चाका केन्द्रीय कोषाध्यक्ष राम थापाको संयोजकत्वमा क्षेत्रीय इन्चार्ज वीरबहादुर खड्का, सचिव तोया भट्टलगायत सम्पूर्ण क्षेत्रीय सदस्यले गरेको सहयोगबाट सङ्कलित ४१ हजार रुपैयाँबाट किनिएको गितार साउदी मोर्चाका केन्द्रीय […]

२०७६ माघ १९ गते, आईतवार

जनप्रगतिशील मोर्चा, दक्षिण कोरियाको महासचिवमा बुढा

काठमाडौँ , १४ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अन्तर्रास्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशील मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन आदर्श मगरको अध्यक्षतामा सौल दोङ्देमुनमा सम्पन्न भएको छ । बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाई कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढामगर सर्वसम्मत चयन हुनुभएको छ भने प्रवक्तामा प्रकाश कार्की चयन भएका […]

२०७६ माघ १४ गते, मंगलवार

भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न संयुक्त राष्ट्र संघ अगाडि प्रदर्शन

काठमाडौं, १ माघ । विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले भारतले नेपालको भू–भाग आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि विरोध प्रदर्शन गरिरहेका छन् । यसैक्रममा अमेरिकामा रहेका नेपालीले पनि राष्ट्रिय संघ मुख्यालय अगाडि विरोध प्रदर्शन गर्नुका साथै ज्ञापन–पत्र बुझाएका छन् । भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणविरुद्ध अमेरिकामा रहेका नेपालीले अमेरिकाको राष्ट्रिय संघ मुख्यालय अगाडि मंगलबार प्रदर्शन […]

२०७६ माघ १ गते, बुधबार

१२२ चिनियाँलाई लैजान विमान आउँदै

काठमाडौं , २३ पुष । दुई साताअघि पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै चिनियाँ दूतावाससँगको समन्वयमा स्वदेश फर्काउन लागेको छ । नेपालमा बसेर चीनविरुद्ध गतिविधि गरेको आरोप लगाइएका १२२ जना चिनियाँलाई लिन बुधबार अपराह्न चीनका दुईओटा विमान नेपाल आउने भएका छन् । चाइना साउदर्न र चाइना इस्टर्नका दुईओटा विमान […]

२०७६ पुष २३ गते, बुधबार

जेएनयूमा अन्धाधुन्ध हमला- कैयौँ विद्यार्थी घाइते ।

काठमाडौं , २१ पुष । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा नकाबधारीहरुले अन्धाधुन्ध आक्रमण गरेका छन् । हातहातमा लाठी, भाला, मुंग्री बोकेर छात्रावासका कोठा–कोठामा छिरेर नकावधारीहरुले विद्यार्थीमाथि सांघातिक आक्रमण गरेका छन् । जेएनयु छात्र संघका अध्यक्षमाथि समेत हमला भएको भारतीय समाचारमाध्यमहरुले जनाएका छन् । करिब ५० जना भन्दा बढी नकाबधारीहरु उक्त विश्वविद्यालयको छात्रावासमा छिरेका […]

२०७६ पुष २१ गते, सोमबार