प्रवास

रुस युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार

काठमाडौँ । रुस युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपालमै क्षतिपूर्ति रकम पठाउन र तयार भएको छ । परराष्ट्र मन्त्रालयले रुस नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन सहमत भएको जनाएको छ । रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले अब सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति पाउने भएका छन् । यसअघि रुसले मृतकका परिवारका […]

२०८० फाल्गुन ३ गते, बिहीबार

पाकिस्तानको आम निर्वाचनको मतपरिणाम सार्वजनिक

काठमाडौँ । पाकिस्तानमा हालै सम्पन आम निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभाका २ सय ६६ सिटका लागि भएको मतदानमा एक सिटको निर्वाचन रद्द र एक क्षेत्रमा मतगणना स्थगित हुँदा २ सय ६४ क्षेत्रको नतिजा सार्वजनिक भएको हो । २ सय ६४ सिटको नतिजा अनुसार कारागारमा रहेका पाकिस्तनका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान […]

२०८० माघ २९ गते, सोमबार

रुसी सेनामा भर्ती भएका १४० जना नेपालीद्वारा उद्धारका लागि आवेदन

काठमाडौँ । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन्। यसैगरी कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन्। यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति […]

२०८० माघ २७ गते, शनिबार

पाकिस्तानमा सम्पन्न आमनिर्वाचनको मतगणना जारी

काठमाडौँ । पाकिस्तानमा बिहीबार सम्पन्न भएको आम निर्वाचनको मत गणना भइरहेको छ । मतगणनाको अहिलेसम्मको अवस्थामा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु अगाडि छन् । पाकिस्तानका सञ्चारमाध्यमका अनुसार १२० सिटमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरु अगाडि छन् ।पीटीआईका अध्यक्ष गौहर रजाले भने आफूहरु १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गर्दै जेलमा रहेका इमरान […]

२०८० माघ २६ गते, शुक्रबार

पाकिस्तानमा आम निर्वाचन हुँदै

काठमाडौँ । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । बढ्दो महँगीले आर्थिक संकट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा रहेको बीबीसीले जनाएको छ । पाकिस्तानको निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ […]

२०८० माघ २५ गते, बिहीबार

माल्दिभ्सका राष्ट्रपतिद्वारा मे १० सम्म भारतीय सेनाले देश छाडने उद्घोष

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाडने जानकारी गराएका छन् । राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक राष्ट्रपति मोहम्मद मुइज्जुले संसदमा भाषण दिदैँ सो जानकारी गराएका हुन् । उनका अनुसार भारतीय सैनिकले मे १० सम्ममा माल्दिभ्स छोड्ने बताएका छन् । यति मात्र होइन, उनले आफ्नो भारत विरोधी अडान दोहोर्‍याए र […]

२०८० माघ २४ गते, बुधबार

अरब सागरमा फसेका भारतीयको उद्धार

काठमाडौँ । पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन् । अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुंगामा फसेका थिए । पाकिस्तानी सुरक्षा एजेन्सीहरू घटनास्थलमा पुगी सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपीआर)ले विज्ञप्तिमार्फत उल्लेख गरेको छ […]

२०८० माघ २३ गते, मंगलवार

इमरान खान र बुशरा बीबीको विवाह अवैध !

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ । उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजाय सुनाएको हो ।बुशरा बीबीका पूर्व पतिले दिएको उजुरीमाथि अदालतले फैसला गर्दै खानजोडीलाई सात वर्षको […]

२०८० माघ २१ गते, आईतवार

चीनको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने प्रक्षेपण

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारिणी समितिले सन् २०२४ मा चीनको आर्थिक वृद्धि दर ४.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२३ मा चीनले ५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको थियो । सन् २०२२ मा चीनमा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएको थियो । कोभिड संक्रमण नियन्त्रणका लागि चिनियाँ सरकारले शून्य कोभिड […]

२०८० माघ २० गते, शनिबार

र्‍यालीमा विष्फोट : चार जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले बलुचिस्तानमा गरेको एक र्‍यालीमा विष्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको चुनावी र्‍याली हुँदै गर्दा सिबी शहरको जिन्ना रोडमा विस्फोट भएको थियो । सिबीस्थित जिल्ला सदरमुकाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बाबरले चार जनाको मृत्यु भएको […]

२०८० माघ १७ गते, बुधबार