इमरान खान र बुशरा बीबीको विवाह अवैध !

२०८० माघ २१ गते, आईतवार


काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ । उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजाय सुनाएको हो ।
बुशरा बीबीका पूर्व पतिले दिएको उजुरीमाथि अदालतले फैसला गर्दै खानजोडीलाई सात वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । इस्लामिक कानून अनुसार महिलालाई पतिको मृत्यु वा सम्बन्धविच्छेद भएको केही महिना विवाह गर्न निषेध गरिएको छ । अदालतले बुशरा र इमरानको विवाह यो अवधि समाप्त हुनुअघि नै भएको ठहर गरेको छ ।
इमरान खान यसअघि नै भ्रष्टाचारको मुद्दामा जेल सजाय काटिरहेका छन् । पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदैछ। क्रिकेटरबाट राजनीतिज्ञ बनेका पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का नेता इमरान खान जेलमा छन् ।
खानले आफूमाथि लगाइएको आरोपलाई ‘राजनीतिक प्रतिशोध’ र ‘षड्यन्त्र’ भनेका छन् । २०१८ मा, उनका आलोचकहरूले उनलाई ‘सेनाको मुखौटा’ भनेका थिए र अहिले जब उनी जेलमा छन्, उनका समर्थकहरूले पूर्व प्रधानमन्त्री जेलमा हुनुको मुख्य कारण सेना भएको आरोप लगाए ।

प्रतिक्रियाहरु